6 years ago
July 19, 2019
एजेन्सी – दक्षिण अफ्रीकाका पूर्व खेलाडी एबी डी भिलियर्सको विष्फोटक ब्याटिङमा मिडलसेक्सले इंग्ल्यान्डको चर्चित क्रिकेट लिग टी ट्वान्टी ब्लास्ट अन्तर्गत साउथ ग्रुपको खेलमा एसेक्समाथि ७ विकेटको सहज जित हात पारेको छ ।

बिहीबार राती लर्डसमा सम्पन्न खेलमा एसेक्सले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मिडलसेक्सले १७ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । सहज जितको लागि डी भिलिसर्यले ४३ बलमा ६ छक्का र ५ चौका सहित ८८ रनमा अविजित रहँदै टोलीको सहज जित पक्का गरे । त्यस्तै पल स्टिर्लिङ १०, कप्तान डेवि मलान ४३ र जोहन सिम्पसनले ११ रनको योगदान दिए । एसेक्सका लागि एडम जम्पा र सेन सान्टरले समान १ विकेट हात पारे ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको एसेक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । उसका लागि रायन टेन डोस्काटे ४६ बलमा ६ चौका र ३ छक्का सहित ७४ रनमा अविजित रहे । त्यस्तै टोम वेस्टलीले ४० रन जोड्न बाहेक अन्यले भने राम्रो प्रर्दशन गर्न सकेनन् । नाथन सोटेरले २ विकेट हात पारे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]