default_image

6 years ago

July 22, 2019

क्रिकेटर शक्ति र सोमपालसहित १५ खेलाडी सम्मानित

368 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद) – प्रदेश ५ सरकारले क्रिकेटतर्फबाट ७ र अन्य खेलमा ८ गरि कुल १५ खेलाडीलाई सम्मान गरेको छ ।

प्रदेश ५ सामाजिक विकाश मन्त्रालयका मन्त्री सुदर्शन बरालले एक कार्यक्रम गर्दै खेलाडीलाई सम्मान गरेका हुन् । तीब्र गतिका बलर सोमपालसँगै, पुर्व स्पिनर शक्ति गौचन ,वसन्त रेग्मी, रोहित कुमार पौडेल , कुशल मल्ल, सागर ढकाल र यू१९ टोलीका फिजियोथेरापिस्ट बिक्रम न्यौपानेलाई जनही १० हजार रुपैया र प्रमाणपत्र सहित सम्मान गरेको हो ।

नेपाली टोली आईसीसी टि-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि सिंगापुरमा रहेको हुँदा सम्मान कार्यक्रममा सोमपाल, वसन्त र रोहित उपस्थित हुन सकेनन् । सम्मानपछि बोल्दै यु१९ टोलीका बिक्रम न्यौपानेले यस किसिमको सम्मानले खेलाडीको हौसला बढ्ने हुँदा आगमी दिनमा पनि यस्तो सम्मान हुनुपर्ने बताए । उनले सम्मानले खेलाडीलाई उत्कृष्ट प्रर्दशन गर्न उज्र्जा थप्ने हुँदा बरु पैसा नभएपनि सम्मान समय समयमा हुनेपर्ने धारणा राखे ।

प्रदेश ५ का उत्कृष्ट खेलाडी र युवा प्रतिभा गरि क्रिकेटका ७ र अन्य विभिन्न खेलकुदका ८ जना खेलाडी गरि कुल १५ खेलाडी रु १० हजार रुपैँया सहित सम्मानित भएका हुन् ।

सम्मानित भएपछि पुर्व क्रिकेटर शक्ति गौचनले प्रदेश सरकारबाट पहिलोपटक यसरी सम्मानित हुन पाउदा खुशी लागेको र यो सम्मानले भावी पुस्तालाई हौसला मिल्ने बताए ।

सम्मानित हुने खेलाडी :

१.सोमपाल कामी (क्रिकेट) २.वसन्त रेग्मी (क्रिकेट) ३.कुशल मल्ल (क्रिकेट) ४.शक्ति गौचन(क्रिकेट) ५.सागर ढकाल(क्रिकेट) ६.रोहित कुमार पौडेल (क्रिकेट ) ७.बिक्रम न्यौपाने (क्रिकेट फिजियोथेरापिस्ट) ८.साजन पचभैया(तेक्वान्दो) ९.नवराज खरेल(तेक्वान्दो) १०.भुवन श्रेष्ठ( तेक्वान्दो) ११.सुदीप थारु(एथलेटिक्स) १२.तुल्सीराम थारु(२०० मिटर दौड) १३.सागर खासु मगर(कराते एकल) १४.लक्ष्मी रेग्मी(लङ्गजम्प) १५.गोपी प्रसाद तिमिल्सेना (खो खो)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.