default_image

5 years ago

July 23, 2019

नेपाललाई घातक बन्न सक्ने मलेसियाका ३ खेलाडी

55 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्ने छ । पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएपछि नेपाललाई अघिल्लो चरणको संभावना कायमै राख्न मलेसियासँगको खेल जित्नै पर्ने दबाब छ ।

यता मलेसिया भने पहिलो खेलमा कुवेतलाई ४२ रनले पराजि गर्दै उच्च मनोबलका साथ दोस्रो स्थानमा रहेको छ । पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको मलेसिया नेपाललाई स्तब्ध पार्दै अफ्नो स्थान बलियो बनाउन चाहान्छ ।

मलेसियाले घरेलु मैदानमा एक सता अघि नेपालसँगको दुई टी ट्वान्टी सिरिज २–० ले हारेको थियो । तर मलेसियाले दोस्रो खेलमा नेपाललाई कडा टक्कर दिएको थियो । त्यसैले पनि मलेसियासँगको खेल नेपाललाई सहज पक्कै हुने छैन । सन् २००९ यूएईमा भएको एसीसी टी२० एसियामा मलेसियाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । मलेसियाका यी ३ खेलाडी जसको प्रर्दशन नेपालको लागि घातक बन्न सक्छ ।

३. फ्रिती साम (बलर)

२६ वर्षिय युवा अफ स्पिनर फ्रिती साम मलेसिया बलिया बलिङ हतियार हुन् । साम टी २० अन्तर्राष्ट्रियमा मलेसियाबाट सर्वाधिक विकेट लिने दोस्रो खेलाडी पर्दछन् । उनले ६ टी२० इनिङमा ६ को इकोनमीमा खर्चिदै ९ विकेट लिएका छन् । उनले कुवेतसँगको खेलमा कसिलो बलिङ गर्दै २ विकेट लिएका थिए । त्यस्तै नेपालसँगको दोस्रो टी ट्वान्टी खेलमा उनले ३ र पहिलो खेलमा १ विकेट लिएका थिए । उनले आफ्नो कसिलो बलिङमा नेपालको मध्यक्रम धरासय बनाउन सक्ने क्षमता राख्छन् । राम्रो लयमा देखिएका उनी नेपालको लागि घातक बन्न सक्छन् ।

२.अनवार रहमान (बलर)

२२ वर्षिय युवा अफ स्पिनर अनवार रहमान मलेसियाका लागि टी२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । अनवारले ५ खेलमा १० किकेट लिएका छन् । नेपालसँगको पहिलो खेलमा उनले ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेललाई बोल्ड आउट गरेका थिए । कुवेतसँगको खेलमा पनि कसीलो बलिङ गर्दै १ विकेट लिएका थिए । युवा स्पिनर अनवार नेपालका ब्याट्सम्यानका लागि घातक बन्न सक्छन् ।

१. सैयद अजीज (अलराउण्डर)

२० वर्षिय अलराउण्डर सैयद अजीज मलेसियाका प्रमुख हतियार हुन् । मलेसियाबाट टी २० आईमा अजीजले ७ खेलमा ३ अर्ध शतक सहित कुल २ सय ४० रन जोडेका छन् । जसमा स्ट्राइक रेट १३७.९३ को छ । अजीजले नेपालसँगको दोस्रो खेलमा ५० रनको उत्कृष्ट इनिङ खेलेका थिए । साथै एक विकेट पनि लिएका थिए । त्यसै कुवेतसँगको खेलमा ३४ रन जोड्नुको साथै २ विकेट लिदै म्यान अफ द म्याच समेत चुनिएका थिए । अजीजको अलराउण्डर प्रर्दशनमा मलेसियाले नेपालमाथि अप्रत्यासित जित निकाल्न सक्छ ।

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

May 13, 2024

सुदुरपश्चिमको लगातार दोस्रो जित, कोशी पुनः पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।  टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन […]

May 13, 2024

एपिएफको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर […]

Success

Thank you for your time.