default_image

10 years ago

May 29, 2016

आइपिएल फाइनल प्रतिस्पर्धात्मक हुने कोहलीको विश्वास

207 views

0 Bookmark

बैंगलरु (एजेन्सी) –

रोयल च्यालेन्सर्ज बैंगलोरले आज घरेलु मैदानमा इन्डियन प्रिमियर लिग (आइपिएल–९) को फाइनलमा सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

Kohli

बैंगलोरका कप्तान विराट कोहलीले फाइनल प्रतिस्पर्धात्मक र स्तरीय हुने बताएका छन् । यसअघि दुई पटक फाइनल खेल्दा पनि बैंगलोर उपाधि जित्न सकेको छैन ।

२००९ मा दक्षिण अफ्रिकामा डेक्कन चार्जस र त्यसको दुई बर्षपछि चेन्नइ सुपर किङसंग पराजित भएको थियो । फाइनल पुग्नलाई यसपटक दुवैले गुजराज लायन्सलाई हराएका थिए । पहिलो प्ले अफमा बैगलोरसँग हारेको गुजरात दोस्रो प्ले अफमा हैदराबादसँग पराजित भएको थियो ।

गुजरातसँग खेल्नुअघि हैदराबादले शाहरुख खानको कोलकाता नाइट राइजर्सलाई हराएको थियो । ‘दर्शकले स्तरीय क्रिकेट फाइनल खेल्न हेर्न पाउनेछन् । दुवै टोलीमा रहेका खेलाडीलाई हेर्ने हो भने खेल प्रतिस्पर्धात्मक हुनेछ,’ कोहलीले भने ।

उनले पछिल्ला केही खेलमा हैदराबाद भन्दा आफ्नो टोलीले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । कोहलीले भने,‘ समर्थकले हामीलाई अभ्यास सत्रमा पनि पछ्याएका थिए । हामी हार्दा वा जित्दा दुवैमा उनीहरुको साथ छ । फाइनलमा स्तरीय क्रिकेट खेल्न उनीहरुले हामीलाई हौसाउने छन् ।’

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.