10 years ago
May 29, 2016
बैंगलरु (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरले २ सय ९ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले कप्तान डेभिड वार्नरको अर्धशतकको मद्दतमा निर्धारि २० ओभरमा ७ विकेट गुमाउर २ सय ८ रन जोडेको छ ।
पहिलो विकेटका लागि शिखर धवनसँग ६३ रनको साझेदारी गरेका वानर्रले ३८ बलमा ८ चौका र ३ छक्काका साथ ६९ रन बनाए । टोलीका लागि तल्लो क्रममा आएर बेन कुटिङले आक्रमक प्रदर्शन गरे । १५ बल खेलेका उनले ४ छक्का र ३ चौका साथ अविजित ३९ रन जोडेपछि हैदराबाले २ सय रनको आँकडा पार गयो ।
युवराज सिंहले ३८ रन बटुले । उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर धवनले २५ बलमा ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । बैंङ्लोरका लागि क्रिस जोडेनले ३, श्रीनाथ अरविन्दले २ र युजभेन्द्र चाहलाले १ विकेट लिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]