default_image

10 years ago

May 29, 2016

सनराइजर्स हैदराबाद आइपिएल च्याम्पियन, बैंगलोर ८ रनले हार्यो

228 views

0 Bookmark

बैंगलरु (एजेन्सी) – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । रोमाञ्चक फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै हैदराबाद आइपिएल नवौं संस्करणको विजेता बनेको हो ।

अर्धशतक बनाएका हैदराबादका कप्तान डेविड वार्नर ।

अर्धशतक बनाएका हैदराबादका कप्तान डेविड वार्नर ।

२ सय ९ रनको लक्ष्य पाएको छ बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले कप्तान डेभिड वार्नरको अर्धशतकको मद्दतमा निर्धारि २० ओभरमा ७ विकेट गुमाउर २ सय ८ रन बनाएको थियो । पहिलो विकेटका लागि शिखर धवनसँग ६३ रनको साझेदारी गरेका वानर्रले ३८ बलमा ८ चौका र ३ छक्काका साथ ६९ रन बनाए । टोलीका लागि तल्लो क्रममा आएर बेन कटिङले आक्रमक प्रदर्शन गरे । १५ बल खेलेका उनले ४ छक्का र ३ चौका साथ अविजित ३९ रन जोडेपछि हैदराबाले २ सय रनको आँकडा पार गयो ।
युवराज सिंहले ३८ रन बटुले । उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर धवनले २५ बलमा ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । बैंङ्लोरका लागि क्रिस जोडेनले ३, श्रीनाथ अरविन्दले २ र युजभेन्द्र चाहलाले १ विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको बैंगलोरले दमदार सुरुआत गरेको थियो । अन्य खेलमा खासै जम्न नसकेका क्रिस गेलले सर्वाधिक ७६ रन बनाएका थिए । उनले पहिलो विकेटका लागि कप्तान विराट कोहलीसँग १०.३ ओभरमा १सय १४ रनको साझेदारी गरेका थिए । गेलले ३८ बल खेल्दै ८ चौका र ४ चौक्का प्रहार गरे । यो आइपिएलमा सर्वाधिक रन बनाएका कोहलीले ३५ बलमा ५ चौका र २ चौकासहित ५४ रन बनाए । पहिलो प्ले अफमा एक्लै गुजराज लायन्सविरुद्ध हावी भएको एबी डि भिलियर्सले फाइनलमा भने ५ रन मात्र बनाउन सके । लोकेश राहुलले ११ रन बनाए । सेन वाट्सन पनि ११ रनभन्दा अघि जान सकेनन् । हैदराबादका कटिङले २, बिरेन्दर स्रान, मुस्ताफिजुर रहमान र विपुल शर्माले समान १ विकेट लिए ।
लिग चरणमा चौथो स्थानमा रहेको हैदराबादले कोलकाता नाइट राइजर्सलाई हराउँदै दोस्रो प्ले अफका लागि छनोट भएको थियो । त्यसमा गुजरातलाई हराउँदै बैंगलोरसँगको भेट पक्का गरेको थियो ।

हैदराबादसँग ८ रनले पराजित भएपछि बैंगलोरका कप्तान विराट कोहली (बायाँ) ।

हैदराबादसँग ८ रनले पराजित भएपछि बैंगलोरका कप्तान विराट कोहली (बायाँ) ।

बैंगलोरका क्रिस गेल (बायाँ) को विकेट लिएपछि खुँसी मनाउँदै हैदराबादका बेन कटिङ ।

बैंगलोरका क्रिस गेल (बायाँ) को विकेट लिएपछि खुँसी मनाउँदै हैदराबादका बेन कटिङ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.