10 years ago
June 1, 2016
नेपाली क्रीकेट सप्पोटर्स सोसाईटिको सहयोगमामा मुख्य प्रायोजक स्पोर्ट्स साईन्स एकेडेमीद्वारा आयोजित चितवनमा जारी सेन्ट जेभियर्स कपको उपाधि वाल्मीकिले जित्न सफल भएको छ।
आज भएको रोमाञ्चक फाइनलमा डिफेन्डिङ च्याम्पियन सनराइज र वाल्मीकि बिच भिडन्त भएको थियोे। २ हजार भन्दा बडी दर्शकको उपस्थितिमा सनराइजले टस जितेर फिल्डिङ रोजेको थियो।
टस हारेर ब्याटिङमा उत्रेको वाल्मीकिले सुरुमा नै आफ्नो बिकेटहरु गुमाउनुपरेको थियोे। ४० रनमा ५ बिकेट गुमाएको वाल्मीकिका रस्मित थापा र समीर थापाले छैठो बिकेटका लागी ३७ रनको साझेदारी भएपछि केही सम्मान जनक स्कोर तयार गर्न सफल भएको थियोे। सबै विकेट गुमाएर ९८रन बनाएको बाल्मिकिको लागि रस्मित थापाले १८बल मा २६ र समिर थापाले २७बल मा २६ रन को योगदान दिएका थिए । सनराइजकालागि निसपले ३ तथा सुलभ, सुबर्ण र सन्दिपले दुई-दुई विकेट लिएका थिए ।
निर्धरित २० ओभरको खेल म ९९रन को झिनो लक्ष्य लिएर मैदानमा उत्रीएको सनराईजले सुरुमा केहि राम्रो ब्याटिङ गरेपनी पछी सम्हालिन नसक्दा २ रनले पराजित भयो । सनराईजले ९६रन बनाउदा निसपले २९रनको योगदान दिए । बिजेता टिमको लागि अशिमले ४ र बिश्वासले १ विकेटलिन सफल भएका थिए । प्रथम हुने टोलिले १५हजार र दोस्रो हुने टोलिले १० हजार हसिल गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]