default_image

6 years ago

September 7, 2019

नेपाल विरुद्ध श्रीलंका : खेलका मुख्य ३ पक्ष

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ ।

डकवर्थ लेविस पद्धतीका आधारमा ५ विकेटले पराजित हुँदा नेपालको अघिल्लो चरण कठिन बनेको छ । अब सेमिफाइनलमा पुग्न नेपालले बंगलादेश र यूएई दुबैलाई जित्नुपर्छ । जितेर मात्र पुग्दैन अन्य खेलको नतिजामा पनि भर पर्ने छ । नेपालले आइतबार बंगलादेश र मंगलबार यूएईसँग खेल्ने छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेल ४७ र रित गौतमले ५५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । १ सय ६० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिन पुगेको थियो । नेपाल र श्रीलंकाबीचको खेलमा केहि यस्ता पक्ष रहे । जुन पक्ष्यले सबैको मन जित्न सफल रहे । नेपाल र श्रीलंकाबीचको खेलमा हेर्न लायक ३ पक्ष्य :

श्रीलंकाको ब्याटिङ

मध्यम लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सम्यानले कुनै पनि समय नेपाली बलरलाई हाबी हुन दिएनन् । निरन्तर दबाबमा राखि रहे । नेपालको बलियो मानिने बलिङ श्रीलंकाका ब्याट्सम्यानले कमजोर सावित गर्दिए । श्रीलंकाका ७ मध्य ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडे । नेपालका ११ मध्य ७ ब्याट्सम्यानले दोहोरो अंकमै रन बनाउन सकेनन् ।

श्रीलंका ब्याट्सम्यानले कमजोर बलमा चौका र छक्का प्रहार गर्दा अन्य बलमा एक दुई रन लिई स्ट्राइक परिवर्तन गरि रहेका थिए । कामिल मिश्राले ६२ बलमा ३ चौका र २ छक्का सहित ५५ रन जोडे । अहान विमक्रसिंघेले मिश्रालाई राम्रो साथ दिए । अन्य ब्याट्सम्यानबीच पनि छिटो छोटो राम्रो साझेदारी बनि रहेको थियो । जुन खेलमा साच्चै हेर्न लायक रह्यो ।

रितको अर्धशतक

ओपनर रित गौतमले अर्ध शतक प्रहार गर्दै नेपाललाई सम्मानजक अवस्थामा पुर्याए । सुरुवातमै ओपनर पवन सरार्फलाई ४ र आशिफ शेखलाई ७ रनमा गुमाएको थियो । तर रितले श्रीलंकाली बलरलाई निरन्तर डटेर सामना गरे । नेपालको इनिङ समालेका रितले आफु क्रिजमा हुन सम्म ठूलो योगफलको संभावना देखाएका थिए । तर २९ ओभरको पहिलो बलमा आउट हुनुअघि ८६ बलमा ४ चौका प्रहार गर्दै ५५ रन जोडे । जुन इनिङले सबैलाई आर्कषित गर्यो ।

उमेर समुहमा दुई शतक प्रहार गर्ने एक्लो नेपाली ब्याट्सम्यानले कीर्तिमान बनाएका रितले आफ्नो उत्कृष्ट लयलाई श्रीलंकासँगको खेलमा पनि निरन्तरता दिए । जुन श्रीलंकाविरुद्ध नेपाली ब्याट्सम्यानले गरेको प्रर्दशनमा रितको इनिङ हेर्न लायक थियो । उत्कृष्ट लयमा रहेका रितलाई ओमानमा हुने टि२० सिरिज र सागको लागि सिनियर टोलीले बन्द प्रशिक्षणमा बोलाएको छ ।

रोहित र रितको साझेदारी

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले राम्रो सुरुवात गर्ने अनुमान गरिएको थियो । तर ओपनर पवन सरार्फ ४ र विकेटकीपर आशिफ शेख ७ रनमा आउट भएपछि नेपालले सुरुवातनै खराब गरेको थियो । खराब सुरुवात गरेको नेपाललाई रित गौतम र रोहित कुमार पौडेलले ९१ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए ।

यीदुई ब्याट्सम्यानमा दबाबमा पनि खेल्न सक्ने क्षमता रहेको प्रमाणित समेत गरे । तर पुन तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले सामान्य योगफलमै रोकियो । तर नेपालको ब्याटिङ इनिङमा यी दुईबीचको साझेदारी हेर्न लायक थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.