default_image

6 years ago

September 7, 2019

टेष्ट क्रिकेटबाट नाबीको सन्न्यास

125 views

0 Bookmark

एजेन्सी – अफगानिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद नाबीले टेष्ट क्रिकेट बाट सन्न्यास लिने घोषणा गरेका छन् । अफगानिस्तान क्रिकेट बोर्डका म्यानेजर नाजिम जर अब्दुर्रहीमजाईले नाबीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेको पुष्टि गरेका छन् ।

नाबीले सिमित ओभर टि ट्वान्टी र एक दिवसिय क्रिकेट लाई भने निरन्तरता दिने बताइएको छ । नाबी बंगलादेशसँगको जारी टेष्टको पहिलो इनिङमा डक आउट भएका थिए । अफगानिस्तानलाई टेष्ट मान्यता दिलाउन नाबीको भूमिका महत्वपूर्ण मानिन्छ ।

उनले २ टेष्टमात्रै खेलेका छन् । नाबीले गत वर्ष भारतविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । नाबीले अफगानिस्तनका लागि १ सय २१ एक दिवसिय र ६८ टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.