6 years ago
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ टि ट्विान्टी क्रिकेट वरियता सार्वजनिक गरेको छ । जसमा नेपाली क्रिकेट टोलीका पारस खड्का ब्याटिङतर्फ २ स्थान तल खस्किदै ६८ स्थानमा पुगेका छन् ।
पारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिजका क्रिस गेललाई पछि पारेका छन् । धोनी ६९ र गेल ७५ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् ।
पारसले अलराउन्डरतर्फ राशिद खान,रोहित शर्मा,हार्दिक पान्ड्या,क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् । राशिद ३० औं ,रोहित ३९ औं ,हार्दिक ४१ औं ,गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।
अलराउन्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा छन् । टि २० बलिङतर्फ वसन्त रेग्मी १ स्थान खस्किदै ७२ औं स्थानमा पुगेका छन् । सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।
नयाँ वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका वावर आजम,बलिङमा अफगानिस्तानका कप्तान राशिद खान र अलराउन्डरमा अष्टे«लियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]