default_image

6 years ago

September 7, 2019

पाकिस्तानलाई हराउँदै भारत सेमिफाइनलमा

153 views

0 Bookmark

एजेन्सी – भारत एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पाकिस्तानलाई ६० रनले पराजित गर्दै एक खेल अगावै भारत सेमिफाइनलमा पुगेको हो । पाकिस्तानको हारसँगै अफगानिस्तान पनि एक खेल अगावै समिफाइनलमा पुगेको छ। समुह ए बाट पाकिस्तान र कुवेत एक खेल अगावै उपाधि होडबाट बाहिरिएका छन् ।

३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.४ ओभरमा अल आउट हुँदै २ सय ४५ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान तथा विकेटकीपर रोहेल नाजिरले १ सय १७ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यानको साथ नपाउँदा हार टार्न सकेनन् । ४१ ओभरको पहिलो बलमा आकश सिंहले एलबी डब्लू आउट गर्नुअघि नाजिरले १ सय ८ बलमा १२ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै हरिस खानले ५३ बलमा २ चौका र १ छक्का सहित ४५,मोहम्मद आमिरले १२ र निशम शाहले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका लागि अथर्भ अन्कोलेकरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सुशान्त मिश्राा र विद्याधर पाटिलको नाममा समान २ विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५ रन बनाएको थियो । भारतका लागि अर्जुन अजाद र ठाकुर तिलक बर्माले शतक प्रहार गरे । अर्जुनले १ सय ११ बलमा ११ चौका र ४ छक्का सहित १ सय २१ रनको उत्कृष्ट शतकीय इनिङ खेले । तिलकले १ सय १९ बलमा १० चौका र १ छक्का सहित १ सय १० रनको महत्वपूर्ण योगदान दिए । यी दुई ब्याट्सम्यान बाहेक भारतका अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् ।

धुब्रचन्द जुरेल १० र शाश्वत रावत १८ रनको योगदान दिए । पाकिस्तानका लागि निशम शाह र मोहम्मद अब्बास अफ्रिदीले समान ३ विकेट लिए । अमिर अली र मोहम्मद आमिरको नाममा समान १ विकेट रह्यो ।

लगतार दोस्रो हारसँगै पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा अफगानिस्तानसँग डक वर्थ लेविस पद्धतीको आधारमा ८५ रनले पराजित भएको थियो । पाकिस्तानले अन्तिम खेल सोमबार कुवेतसँग खेल्ने छ । त्यस्तै सोमवारनै भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ । जसबाट विजेता र उप विजेताको टुङ्गो लाग्ने छ । अफगानिस्तान शीर्ष र भारत दोस्रो स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.