6 years ago
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर ३ को प्रादेशिक क्रिकेट संघको अध्यक्षमा राजु बस्नेत निर्वाचित भएका छन् । शनिबार मकवानपुरको हेटौंडामा भएको निर्वाचनमा राजुले ललितपुरका नरेश राणालाई ३ भोटले हराउँदै अध्यक्ष चुनिएका हुन् । राजुले कुल १३ भोट तथा नरेशले १० भोट प्राप्त गरे ।

प्रेम बहादुर क्षेत्री उपाध्यक्षमा सर्वसम्मत चुनिए । प्रशन्न शाक्यलाई पाँच भोटको अन्तरले पराजित गर्दै दुर्गाराज पाठक सचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा अनिल अधिकारी चुनिएका छन् । अधिकारीले रत्न हरि प्रधानाङ्गलाई पराजित गरेका हुन् । महेश्वरी डङ्गोल,प्रज्वल सापकोटा,सुदिप पिया, रुपक रञ्जित,सुजन महर्जन,अजय बीर पाण्डे,अनुज मान श्रेष्ठ,राजु गुप्ता र उमेश पिया सदस्यमा चुनिएका छन् ।
योसँगै जिल्ला र सबै प्रदेशको चुनाव सकिएको छ । अव क्यानको निर्वाचन हुने छ । क्यानको चुनाव असोज पहिलो साता हुने तयारीमा रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) २०७३ वैशाख देखी आईसीसीको निलम्बनमा रहेको छ । उक्त निलम्बन फुकुवा गर्नको लागि आईसीसीको विधान अनुसार जिल्ला,प्रदेश हुँदै क्यानको निर्वाचन गर्नु पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]