6 years ago
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल ‘गर वा मर’को अवस्थामा छ । शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएपछि अघिल्लो चरण कठिन भएको हो ।

नेपालले आईतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विजयी भए अघिल्लो चरणको सम्भावना कायमै रहनेछ । पराजित भए सेमिफाइनल खेल्ने सम्भावना सकिने छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो । श्रीलंकासँग नेपालका ७ ब्याट्सम्यानलले दोहोरो अंकमा रन जोड्न सकेनन् । रित गौतमले ५५ र कप्तान रोहित कुमार पौडेलले ४७ रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन चिन्ताजकन थियो । बलिङमा पनि नेपालले अपेक्षाकृत प्रर्दशन गर्न सकेन ।
पहिलो खेलको प्रर्दशन अनुसार नेपालले बंगलादेशविरुद्ध आफ्नो प्लेइङ ११ मा केहि फेरबदल गर्न सक्छ । उत्कृष्ट लयमा रहेका खडक बोहराले मौका पाउन सक्ने संभावना प्रबल छ । उता बंगलादेशले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । बंगलादेशको टोलीमा गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोय देखी बंगलादेश प्रिमियर लिग खेलि सकेका खेलाडी छन् ।
गत वर्ष यू१९ विश्वकप खेलेका तौहीद हृदोयलाई उप कप्तानको जिम्मेवारी दिएको छ । उनले विश्वकपमा ६ खेलमा १ शतक सहित १ सय ५४ रन जोडेका थिए । भारतविरुद्ध त्रिकोणात्मक सिरिजमा शतक प्रहार गर्ने तनजीद हसन र मोहम्मुद हसन जोय पनि नेपाललाई घातक बन्न सक्छन् । यता समुह ए मा भारत र अफगानिस्तानले लगतार दुबै खेल जित्दै सेमिफाइनलमा प्रवेश गर्दा पाकिस्तान र कुवेत एक खेल अगावै बाहिरिएका छन् ।
बंगलादेशको पूर्ण टोली :
अकबर अली (कप्तान), तोहीद ह्रिदोय (उप कप्तान), रकिबुल हसन, मिर्टुनजोय चौधरी निपुर्ण, शरिफुल इस्लाम, तनिज हसन, तजिम हसन सकीब, मोहम्मद हसन इमोन, मोहम्माद शाहिन एलोम, अनिक शरकिर, मिनजुर रहमान मोहन, मोहम्मद हसन जोय, अस्रफुल इस्लाम सलिम, समिम हसन सहादत हसन ।
नेपालको पूर्ण टोली :
रोहितकुमार पौडेल (कप्तान),पवन सर्राफ,कमलसिंह ऐरी,रित गौतम,हरिबहादुर चौहान,भिम सार्क, मोहमद आसिफ शेख,सन्दीप जोरा,कुशल मल्ल,राशिद खान,सगर ढकाल,खडक बहादुर बोहोरा,सूर्य तामाङ,लोकेश बम र प्रतिस जि.सी.
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]