default_image

6 years ago

September 8, 2019

बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा बंगलादेशले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

सेमिफाइनलमा पुग्ने यात्रा कायमै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने हुन्छ । नेपाल पहिलो खेलमा शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो । श्रीलंकासँग नेपालका ७ ब्याट्सम्यानलले दोहोरो अंकमा रन जोड्न सकेनन् । रित गौतमले ५५ र कप्तान रोहित कुमार पौडेलले ४७ रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन चिन्ताजकन थियो । बलिङमा पनि नेपालले कमजोर प्रर्दशन गरेको थियो ।

उता बंगलादेशले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा विजयी भए बंगलादेश सेमिफाइनलमा पुग्ने छ । बंगलादेशको टोलीमा गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोय नेपाललाई घातक बन्न सक्छन् । भारतविरुद्ध त्रिकोणात्मक सिरिजमा शतक प्रहार गर्ने तनजीद हसन र मोहम्मुद हसन जोय पनि बंगलादेशका बलिया हतियार हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । स्पिनर सुर्य तामाङको स्थानमा सन्दीप जोरालाई मैदान उतारेको छ । आजको खेलमा प्रतिस जि.सी, खडक बोहरा, लोकेश बम र सुर्य तामाङ बेन्चमा रहेका छन् ।

नेपालको प्लेइङ ११ : रोहित कुमार पौडेल(कप्तान), भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा, हरिबहादुर चौहान

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.