default_image

10 years ago

June 6, 2016

नेपाली टोलीको आन्तरिक तयारीको जिम्मा सिइओ घिमिरेलाई

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय टोलीको तयारी थाल्ने प्रक्रिया अघि बढाएको छ । विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत नेदरल्यान्ड्ससँग हुने खेलको तयारीका लागि आइसिसीले निलम्बित क्यानकी प्रमुख कार्यकारी अधिकृत सिइओ भावना घिमिरेलाई निर्देशन दिएको ।

khusi

काठमाडौंमा नामिबियासँगको खेल जितेपछि नेपाली क्रिकेट टोली ।

आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले चतुरबहादुर चन्दको अध्यक्षतामा रहेको क्रिकेट संघको निर्वाचित समिति, रमेश सिलवालको नेतृत्वमा रहेको तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पठाएको पत्रमा नेदरल्यान्ड्ससँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सिईओ घिमिरेलाई दिइएको जानकारी दिएको छ ।
स्रोत भन्छ ‘आईसीसीले पत्र पठाएको छ । नेदरल्यान्ड्स भ्रमणका लागि नामिबियासँगको खेलको जस्तै प्रक्रिया अपनाइएको छ ।’ नामिबियासँगको काठमाडौंमा भएको खेल आइसिसीकै प्रत्यक्ष निगरानीमा भएको थियो । नामिबियाविरुद्धका दुवै खेल नेपालले जितेको थियो ।

निलम्बित क्यानकी सिइओ भावना घिमिरे

निलम्बित क्यानकी सिइओ भावना घिमिरे

विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले साउन २९ र ३१ गते नेदरल्यान्ड्ससँग उसकै भूमिमा खेल्नेछ । च्याम्पियनसिपको तयारीका लागि नेपालले साउन ४ गते मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग अभ्यास खेल खेल्नेछ ।
नामिबियासँगको खेलमा जस्तै आईसीसीले खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको छ । भारतका पूर्व खेलाडी राजु बैंकटपति सल्लाहकारको भूमिका रहने बताइएको छ । नेपाली टोलीको नेदरल्यान्ड्स भ्रमणका लागि लाग्ने सबै खर्च आइसिसीले नै बेहोर्नेछ ।
आईसीसीले क्यानलाई दिने अनुदानको रोक्का रकमबाट नेपाली टोलीको खर्च गर्न सकिने उल्लेख गरेको छ। सन् २०१४ देखि आइसिसीले रोकेको क्यानको अनुदान ९ लाख अमेरिकी डलर पुगिसकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.