5 years ago
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध मध्यम प्रर्दशन गरि रहेको छ ।
टस हारेर ब्याटिङ गरि रहेको नेपालले सुरुवाती २६ ओभरमा ९० रन बनाउन २ विकेट गुमाएको छ । नेपालका लागि ओपनर पवन सरार्फ ६१ बलमा १ चौका सहित २२ रनमा खेलि रहेका छन् । पवनलाई साथ दिई रहेका अलराउन्डर कुशल मल्ल भने आक्रमक शैलीमा प्रस्तुत भएका छन् । कुशलले ३० बलमा चौका १ र ३ छक्का सहित २७ रन जोडी सकेका छन् । तेस्रो विकेटका लागि कुशल र पवनबीच ३५ रनको साझेदारी भई सकेको छ ।
१४ ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए । रितले बोल्ड आउट हुनुअघि ५३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि रित र पवन सरार्फले ४५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए । १७ ओभरको अन्तिम बलमा आशिफ शेख १२ बलमा ३ रन जोड्दा क्याच आउट भए ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन […]