default_image

6 years ago

September 8, 2019

सन्दीप र पवन चम्कँदा बंगलादेशलाई बलियो लक्ष्य

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्ध शतकमा एसीसी यू१९ एसिया कप प्रतियोगितामा नेपालले बंगलादेशलाई २ सय ६२ रनको बलियो विशाल लक्ष्य दिएको छ ।

आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए । ४२ ओभरको दोस्रो बलमा मृत्तुनजोय चौधरीले कप्तान अकबर अलीबाट क्याच आउट गराउनु अघि पवनले १ सय ११ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

नेपाललाई विशाल योगफल सम्म पुर्याउन सन्दीप जोराले विश्फोटक इनिङ खेले । ३८ ओभरको दोस्रो बलमा कप्तान रोहित कुमार पौडेल आउट भएपछि मैदान छिरेका सन्दीप जोराले ३७ बलमा समान ३ चौका र छक्का सहित ५६ रनको आक्रमक इनिङ खेले । भिम सार्की २१ रनमा आउट भए । छैटौ विकेटका लागि सन्दीप र भिमले ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए ।

पहिलो विकेटका रुपमा १४ ओभरको पाँचौ बलमा ओपनर रित गौतम ३२ रनमा बोल्ड आउट भए । रितले ५३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि रित र पवन सरार्फले ४५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । १७ ओभरको अन्तिम बलमा विकेटकीपर आशिफ शेख १२ बल खेली ३ रन जोड्दै क्याच आउट भए । सुस्त गतीमा सुरुवात गरेको नेपाललाई आक्रमक शैलीमा प्रस्तुत हुँदै कुशल मल्लले केहि इनिङ उकास्न खोजे । तर कुशल लामो समय मैदानमा टिक्न सकेनन् ।

२७ ओभरको पाँचौ बलमा ठूलो सटको धुनमा क्याच आउट हुनुअघि कुशलले ३२ बलमा ३ छक्का र १ चौका सहित २८ रनमा क्याच आउट भए । कप्तान रोहित कुमार पौडेल १४ रनमा क्याच आउट भए । राशिद खान ६ रनमा आउट हुँदा कमलसिंह ऐरी १ छक्का सहित ४ बलमा ९ रनमा अविजित रहे ।

बंगलादेशका लागि मोहम्मद तानजिम हसन र शाहिन आलमले समान २ विकेट लिए । मुत्तुनजय चौधरी,रकीबुल हसन ,शामिम हसन र तोहीद हृदोयको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.