6 years ago
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट संघ (क्यान) को विवादले निकास पाउने सम्भावना बढेको छ । क्यानका ३९ जिल्ला र ६ प्रदेशको निर्वाचन सकिएकोले अब केन्द्रिय कार्यसमितिको निर्वाचन पूर्व निर्धारित तालिका अनुसार असोजको पहिलो साता हुने सम्भावना बढेको छ । क्यानमा प्रदेश ५ र ६ लाई एउटै प्रदेश मानिएको छ ।
आइसीसीले गठन गरेको स्वतन्त्र समितिले तयार पारेको कार्यतालिका अनुसार नै जिल्ला र प्रदेशको निर्वाचन सकिएकोले पूर्व निर्धारित समय अनुसार असोजको ३ र ४ मा निर्वाचन हुने सम्भावना रहेको समितिका सदस्य एबी क्षेत्रीले हाम्रो खेलकुदलाई जानकारी दिए ।
झण्डै साढे तीन वर्षदेखि क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा रहेको छ । नेपाली क्रिकेटको आन्तरिक विवाद समाधान भएपछि मात्र आइसीसीले क्यानको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको छ । क्षेत्रीका अनुसार केन्द्रिय साधारण सभामा जिल्ला र प्रदेशका प्रतिनिधि गरि ६० जना सँग मताधिकार रहेको छ । क्यानका सदस्य ३९ जिल्लाबाट प्रत्येकबाट १ तथा ६ प्रदेशबाट २१ जना प्रतिनिधि रहनेछन् ।
उनीहरुले क्यानको १७ सदस्यीय कार्यसमितिलाई निर्वाचित गर्नेछ । समितिमा एक उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्षर १३ सदस्य रहने वैधानिक व्यवस्था छ । राजनीतिक हस्तक्षेप र आन्तरिक द्वन्द्व देखाउँदै आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । निलम्बन पछि नेपालले सबै अन्तर्राष्ट्रिय प्रतियोगिता आइसीसीको निर्गानीमा खेलिरहेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]