default_image

5 years ago

September 9, 2019

वुमन्स च्याम्पियन्स लिग असोज अन्तिममा

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि-२० क्रिकेट प्रतियोगिता आगामी असोज अन्तिम सातामा हुने भएको छ। आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा.लि.ले सोमबार एक प्रेस विज्ञप्ती जारी असोज २९ देखी कात्तिक ७ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने जनाएको छ । यो डब्लूसीएलको तेस्रो नयाँ मिती हो । यस अघि दुई पटक घोषणा भएको डब्लूसिएल समयमै […]

23 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि-२० क्रिकेट प्रतियोगिता आगामी असोज अन्तिम सातामा हुने भएको छ।

आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा.लि.ले सोमबार एक प्रेस विज्ञप्ती जारी असोज २९ देखी कात्तिक ७ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने जनाएको छ । यो डब्लूसीएलको तेस्रो नयाँ मिती हो । यस अघि दुई पटक घोषणा भएको डब्लूसिएल समयमै हुन सकेन ।

जेठ ३ देखि ११ गते सम्म हुने भने पनि विभिन्न कारण उक्त समयमा हुन सकेको थिएन । उक्त समयमा हुन नसकेपछि पुन प्रेस विज्ञप्ती जारी गर्दै डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने बताईएको थियो ।

डब्लूसीएलमा ५ शहरका टोलीबीच प्रतिस्पर्धा हुने छ । ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स रोयल्स काठमाडौं,चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ ले प्रतिस्पर्धा गर्नेछन् । गत बैशाखमा काठमाडौंमा भएको ड्राफ्टबाट ५५ खेलाडीलाई ५ टोलीले अनुबन्ध गरेका थिए। नेपालमै पहिलो पटक भएको ड्राफ्टमा कुल १ सय ९ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।

राष्ट्रिय महिला टोलीकी सदस्य एवंम् पूर्व कप्तान नेरी थापा ललितपुरकी मार्की खेलाडी हुन् । त्यस्तै पोखरामा सिता रानामगर,काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री,चितवनमा इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडी रहेका छन् ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.