default_image

6 years ago

September 28, 2019

नेपाललाई सिंगापुरको मध्यम लक्ष्य

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले नेपाललाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । जनक प्रकाश १८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा करण केसीले दिलाए । करणले ओपनर रोहन रंगराजनलाई विकेटकीपर बिनोद भण्डारीबाट ६ रनमा क्याच आउट गराए ।

टि२० आईमा डेब्यू गरेका सुसन भारीले ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई ३५ रनमा बोल्ड आउट गरे । नवौं ओभरको पहिलो बलमा सुसनले बोल्ड आउट गर्नु अघि चन्द्रमोहनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । करणले १५ ओभरको तेस्रो बलमा विकेटकीपर मनप्रित सिंहलाई १५ रनमा एलवी डब्लू आउट गरे ।

नेपालका लागि करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । टि२० मा डेब्यू गरेका सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदा कुनै विकेट लिएनन् । अभिनाश बोहोराले ३ ओभरमा १६ रन खर्चिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.