default_image

5 years ago

September 28, 2019

पारसको उत्कृष्ट अर्धशतक

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध उत्कृष्ट अर्ध शतक पुरा गरेका छन् ।

पारसले २९ बलमा आफ्नो टि२० आई कअरियरको चौथो अर्ध शतक पुरा गरेका हुन् । अर्ध शतक पुरा गर्न पारसले ३ चौका र ४ छक्का प्रहार गरे । पारसले यस अघि नेदरल्यान्ड,कुवेत र मलेसियाविरुद्ध टि२० आईमा अर्ध शतक प्रहार गरेका थिए ।

१ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले ९ ओभरमा ७५ रन जोड्दा १ विकेट गुमाएको छ । नेपालका लागि कप्तान पारस खड्का ३० बलमा समान ४ चौका र छक्का सहित ५४ रनमा खेली रहेका छन् । उनलाई आरिफ शेखले १६ रनमा साथ दिएका छन् ।

ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरे । त्यस अघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले पराजित गर्दा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितका कारण पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । […]

December 14, 2024

कुशलको अर्धशतकमा चितवनको बलियो लक्ष्य तयार

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]

December 14, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]

Success

Thank you for your time.