default_image

6 years ago

September 28, 2019

पारस र आरिफको नयाँ कीर्तिमान

138 views

0 Bookmark

ठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का र आरिफ शेखले टि२० क्रिकेटमा नेपालका लागि नयाँ कीर्तिमान गरेका छन् । सिंगापुरविरुद्ध त्रिकोणात्मक टि-२० सिरिजको दोस्रो खेलमा यी दुईले सो किर्तिमान कायम गरेका हुन् ।

पारस र आरिफले तेस्रो विकेटका लागि ११ ओभर सम्म ९२ रनको साझेदारी गरि सकेका छन् । यो टि२० आईमा नेपालले गरेको कुनै पनि विकेटको लागि उच्च साझेदारी हो । यस अघि सन् २०१४ मा टि२० विश्वकपमा कप्तान पारस खड्का र शरद भेषवाकरले चौथो विकेटका लागि गरेको ८५ रनको साझेदारी उच्च रहँदै आएको थियो । उक्त विश्वकपको रेकर्ड आज तोडिएको हो ।

पारसले २९ बलमा आफ्नो टि२० आई कअरियरको चौथो अर्ध शतक पुरा गरे । १ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले ११ ओभरमा १ सय १ रन जोड्दा १ विकेट गुमाएको छ । नेपालका लागि कप्तान पारस खड्का ३५ बलमा ४ चौका र ६ छक्का सहित ६८ रनमा खेली रहेका छन् । उनलाई आरिफ शेखले २५ रनमा साथ दिएका छन् ।

ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरे । त्यस अघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.