6 years ago
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा घरेलु टोलीविरुद्ध सहज जित दर्ता गर्यो । यसक्रममा कप्तान पारस खड्काले टि-२० क्रिकेटमा छिटो शतक बनाउने क्रममा मार्टिन गुप्तिल र ग्लेन म्याक्सवेलसँग शीर्ष १० मा बराबरी गरेका छन् ।

नेपालका लागि आक्रामक ब्याटिङ गर्दै पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा कप्तान पारसले १ सय ६ रनको नटआउट इनिङ खेले । उनले यसक्रममा ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्का प्रहार गरे । पारसले ४९ बलमा शतक पूरा गरेका थिए । उक्त कीर्तिमानसँगै पारस टि-२० अन्तर्राष्ट्रियमै आक्रामक शतक प्रहार गर्ने शीर्ष १० मा परेका छन् ।
पारसले २९ बलमा अर्धशतक पूरा गरेपछि दोस्रो ५० रन पूरा गर्न मात्र २० बल पर्याप्त रहयो । उनले १५ औं ओभरको अन्तिम बलमा सिंगापुरका कप्तान टिम डेविडलाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । ४९ बलमा शतक पूरा गरेसँगै पारस सर्वाधिक छिटो टि२०-आई शतक प्रहार गर्ने सूचिको शीर्ष १० मा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र न्युजिल्यान्डका मार्टिन गुप्तिलसँग रहेका छन् । म्याक्सवेलले सन् २०१६ मा श्रीलंकाविरुद्ध र गुप्तिलले सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध यो कीर्तिमान बनाएका थिए ।

यद्यपि टि-२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने सूचिको शीर्षस्थानमा ३५ बलमा शतक प्रहार गर्दै भारतका रोहित शर्मा र दक्षिण अफ्रीकाका डेविड मिल्लरसँगै चेक गणतन्त्रका सुदेश विक्रमसेकरा रहेका छन् । सुदेशले सन् २०१९ मा टर्कीविरुद्ध तथा मिलरले सन् २०१७ मा बंगलादेश र रोहितले सन् २०१७ मै श्रीलंकाविरुद्ध सो कीर्तिमान बनाएका थिए ।
यस सुचिमा रहेका अन्य खेलाडीमा रोमानियाका शिवकुमार पेरियाल्वर (३९ बल), जर्ज मुन्से (४१ बल), हज्रतुल्लाह जजाई (४२ बल), जेपी कोट्जे (४३ बल), रिचार्ड लेभी (४५ बल), फाफ डु प्लेसिस र केएल राहुल (४६ बल), आरोन फिन्च, क्रिस गेल, कोलिन मुनरो र रविन्द्रपाल सिंह (४७ बल) तथा एभिन लेविस (४८ बल) रहेका छन् । न्युजिल्यान्डका दिग्गज ब्रेंदन मक्कुलम र बबार हायातले ५० बलमा शतक पूरा गरेका छन् ।
पारसले यसअघि फेब्रुअरीमा नेपालका लागि यूएईविरुद्ध भएको वान डे अन्तर्राष्ट्रियमा पनि पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]