6 years ago
September 29, 2019
भूपेन्द्र जिसी, काठमाडौं
कप्तान पारस खड्कालाई नेपाली क्रिकेटमा एकल योद्धा अर्थात वान म्यान आर्मी भन्ने गरिन्छ । उनलाई यो त्यसै भनिएको पनि होइन । उनले मैदानमा गर्ने प्रर्दशन र सफलताको कारण भनिएको हो ।

नेपालको आधुनिक क्रिकेटमा बनेका अधिकांश कीर्तिमान हुन् वा ऐतिहासिक सफलता कप्तान पारस खड्काकै नाममा वा नेतृत्वमा बनेका छन् । ऐतिहासिक सफलतासँगै पारसको नाम पनि स्वत: जोडिएर आउछ । नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउन,पहिलो पटक वान डे मान्यता, पहिलो वान डे र टि२० सिरिज जिताउन होस वा डिभिजन ५ देखी ३ सम्मको उपाधि जिताउन ।
चाहे त्यो पहिलो रोमान्चक ओडीआई खेल जिताउन अन्तिम बलमा होस् वा टि२० विश्वकपमा पहिलो बलमै विकेट लिदा होस् । यी सबैको कुरा गर्दा पहिला कप्तान पारसकै नाम छ । पारस विनाको नेपाली क्रिकेटको इतिहास अधुरै रहने छ । नेपाली क्रिकेटको इतिहास र पारस एकै सिक्काका दुइ पाटा बनेका छन् ।

शनिबार सिंगापुरसँग त्रिकोणात्मक सिरिजको दोस्रो टि-२० आईमा पारसले सानदार शतक प्रहार गरे । पारसले ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन बनाए । जसको कारण नेपालले सिंगापुरलाई ९ विकेटले हरायो । १ सय ५२ रनको पारसको शतकमा १६ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । पारस टि२० मा नेपालबाट शतक प्रहार गर्ने पहिलो ऐतिहासिक खेलाडी बनेका छन् ।
यसअघि कुनै पनि टि२० अन्तर्राष्ट्रिय खेलमा नेपालबाट शतक बनेको थिएन । टि२० मा महबुब आलमले सन् २०११ मा टियुमा साउदी अरेवियासँग प्रहार गरेको ८८ रन टि२० सर्वाधिक रहँदै आएको थियो । टि२० आईमा भने दुई महिना अघि पारसले मलेसियासँग प्रहार गरेको ८६ रन उच्च रहँदै आएको थियो ।
अघिल्लो महिना आईसीसी टि२० विश्वकप छनोटको निर्णायक खेलमा सिंगापुरसँग लज्जास्पद हार ब्यहोरेपछि पारस निराश बनेका थिए । उपाधिको दाबेदार नेपाल नाटकीय हार बेहोर्दै बाहिरिएपछि पारसको समेत आलोचना भएको थियो । नेपालले यस त्रिकोणात्मक सिरिजलाई त्यसै हारको पिडा भुलाउने र आफ्नो स्तर देखाउने अवसरको रुपमा लिदै सिंगापुर लागेको थियो ।

लगातार ओपनिङ खराब भएपछि सुधारको लागि पारसले गत माघमा यूएईसँगको ३ टि२० सिरिज देखी ओपनरको रुपमा उत्रने निर्णय लिएका थिए । जुन सहित सावित गरेका छन् । यसअघि गत माघमा पारसले यूएईविरुद्ध तेस्रो तथा अन्तिम ओडीआईमा १ सय १५ रनको शतकीय इनिङ खेल्दै नेपालबाट ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडीको इतिहास बनाएका थिए । पारसकै शतकमा नेपालले यूएईले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । पारसले उक्त खेलमा १ सय ९ बलमा १५ चौका र १ छक्का प्रहार गरेका थिए ।
पारस नेपालका ऐतिहासिक खेलाडी हुन् । पारस नेपालबाट वान डे र टि२० मा शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडीमा पर्दछन् । टि २० र वान डे मा पारस बाहेक नेपाल बाट अन्यले शतक छुन सकेका छैनन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]