6 years ago
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले टि२० आईमा नयाँ विश्व कीर्तिमान रचेका छन् । पारस टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तान बनेका छन् ।

पारसको शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्का ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए । जुन नेपालको लागि पहिलो टि२० शतक बनेको थियो । विश्व टि२० आई क्रिकेटमा लक्ष्य पछ्उदा शतक प्रहार गर्ने पारस पहिलो कप्तान बनेका हुन् । यस अघि कुनै पनि कप्तानले लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गरेका थिएनन् ।
लक्ष्य पछ्याउने क्रममा यसअघि नेदरल्यान्डका कप्तान पिटर सेल्सरले १२ दिन अघि स्कटल्यान्डविरुद्ध अविजित ९६ रन जोडेका थिए । त्यस्तै लक्ष्य पछ्याउने क्रममा स्टिभ स्मिथले सन् २०१५ मा इंग्ल्यान्डविरुद्ध ९० रन जोडेका थिए । वेस्ट इन्डिजका क्रिस गेलले सन् २००९ मा अष्टेलियाविरुद्ध ८८ रन जोडेका थिए ।
टि२० आईमा शतक प्रहार गर्ने कप्तानहरु :
कप्तानको रुपमा आरोन फिन्चले २०१८ मा जिम्बावेविरुद्ध १ सय ७२ रन प्रहार गरेका थिए । त्यस्तै शेन वाटसनले सन् २०१६ मा भारतविरुद्ध १ सय २४ रनको अविजित इनिङ खेलेका थिए । त्यस्तै सन् २०१५ मा फाप डु प्लेसिसले वेस्ट इन्डिजविरुद्ध १ सय १९ रन जोडेका थिए । रोहित शर्माले सन् २०१७ मा श्रीलंकाविरुद्ध १ सय १८ र सन् २०१८ मा वेस्ट इन्डिजविरुद्ध १ सय ११ रन प्रहार गरेका थिए । श्रीलंकाका तिलकरत्ने दिल्सानले अष्ट्रेलियाविरुद्ध २०११ मा १ सय ४ रन जोडेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]