default_image

6 years ago

September 30, 2019

नेपाललाई जिम्बावेसँग इतिहास रच्ने अवसर!

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा मंगलबार टेष्ट टोली जिम्बावेसँग खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । जित नजिक पुगेको नेपाल डेर्थ ओभरमा बलिङ कमजोर हुँदा पराजित हुनु परेको थियो । एक समय १० ओभरमा ६४-५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई छैटौं विकेटका लागि रेयान बर्ल र रिचमन्ड मुतुम्बामीले ६९ रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावे सिंगापुरसँग ४ रनले स्तब्ध हुन पुग्यो ।

दुबै खेलको प्रर्दशनले नेपालको मनोबल उच्च छ । जिम्बावेविरुद्ध पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो । लेग स्पिनर सन्दीप लामिछानेले सुरुवाती तीन ब्याट्सम्यानलाई शून्यमा पेभिलिएन फर्काएपनि अन्य बलरको साथ नपाउदा इतिहास रच्नबाट चुकेको थियो ।

दोस्रो खेलमा सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २४ बल अगाडी १ विकेट क्षतिमा पुरा गर्दै कीर्तिमान कायम गरेको थियो । कप्तान पारस खड्काले ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै इतिहास रचेका थिए । पारस टि२० मा शतक प्रहार गर्ने नेपालका पहिला खेलाडी हुन् । त्यस्तै लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पारस विश्वकै पहिलो कप्तान पर्दछन् ।

सिंगापुरसँगको खेलमा पारस र आरिफ शेखले दोस्रो विकेटका लागि अविजित १ सय ४५ रनको साझेदारी गरेका थिए । जुन हाल सम्मकै टि२० मा नेपालले गरेको उच्च साझेदारी हो । ओपनिङ फेरि पनि निराशजनक छ । बायाँ हाते ब्याट्सम्यान इशान पाण्डे दुबै खेलमा खराब प्रर्दशन गरेका छन् । जिम्बावेविरुद्ध ४ र सिंगापुरविरुद्ध ५ रनमा आउट भएका थिए । उनको स्थानमा पवन सरार्फले मौका पाउन सक्छन् । पारसले इशानलाई पुन विश्वास गर्न सक्ने संभावना पनि रहन्छ । तीब्र गतिका बलर सोमपाल कामी पनि दुबै खेलमा विकेट बिहीन छन् । अभिनाष बोहोराले कसिलो बलिङ गरेपनि दुबै खेलमा विकेट लिन सकेनन् ।

त्रिकोणात्मक सिरिजमा पहिलो चरणको ३ खेल सकिंदा नेपाल शीर्ष स्थानमा छ । तीन टोलीको समान २ अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको हो । शीर्षस्थान कायमै राख्न नेपाललाई जित्नै पर्ने हुन्छ । नेपालले जिम्बावेलाई हराउन सके उपाधि जित्ने संभावना बलियो बन्ने छ । यता नेपाली सिनियर टोलीले वान डे र टि२० आई दुबैमा टेष्ट टोलीलाई हराउन सकेको छैन । पछिल्लो समय निरन्तर कमजोर प्रर्दशन गर्दै आएको जिम्बाबेलाई हराउँदै इतिहास रच्ने अवसर नेपाल सामु छ ।

पारसको लयलाई रोक्न जिम्बावेका खेलाडीलाई कठिन पर्ने देखिन्छ । जिम्बावेको पछिल्लो समयको प्रर्दशन हेर्दा कठिन देखिदैन । जिम्बावे सिंगापुरसँग ४ रनले स्तब्ध भएको थियो । जिम्बावेको बलिङ कमजोर देखिएको छ । सिंगापुर विरुद्ध कप्तान सन विलियम्सले ६६ रनको इनिङका बाबजुद पनि पराजित भएको थियो । रेयान बर्लले राम्रो प्रर्दशन गरेका छन् । सरकारी हस्तक्षेपको कारण देखाउँदै आईसीसीले दुबै देशको बोर्डलाई निलम्बन गरेको थियो । नेपालको निलम्बन फुकुवाको संघारमा छ । आगमी अक्टोर १३ मा बस्ने आईसीसीको बोर्ड बैठकले फुकुवा गर्ने आशा राखिएको छ ।

अक्टोर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप सिंगापुरले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । नेपाल अघिल्लो महिना सिंगापुरमै आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । यस सिरिजलाई त्यहि हारको पिडा बिर्साउने र आफ्नो मैदानमा असली स्तर देखाउने अवसरका रुपमा लिईएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.