default_image

6 years ago

October 1, 2019

‘क्यान निलम्बन फुकुवाको लागि प्रमुख शर्त पुरा’ -आइसिसी

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गत साता सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन फुकुवाको लागि पहिलो शर्त पुरा भएको जनाएको छ । राजनीतिक हस्तक्षेपलगायतका कारण देखाउँदै आइसिसीले क्यानलाई २०७३ वैशाखमा निलम्बन गरेको थियो ।

विभिन्न चरण पार गर्दै आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन सम्पन्न भएपछि अब क्यानको निलम्बन फुकुवा हुने अनुमान गरिएको छ । आइसिसीको बैठक अक्टबर १३ मा बस्ने र त्यसमा क्यान निलम्बन फुकुवा हुने अनुमान गरिएको छ ।

आइसिसीले मंगलबार विज्ञप्ती जारी गर्दै निर्वाचन सम्पन्न भएकोमा स्वागत गरेको छ । आइसिसीद्धारा गठित ५ सदस्यीय स्वतन्त्र समििितले निर्वाचन गरेको थियो । क्यान निवार्चनमा स्वतन्त्र समिकिा ३ प्रतिनिधि अंमर शेख (सिनियर म्यानेजर) ,मुहमम्द अली (आइसिसी आन्तरिक लेखा प्रमुख) ,नितिशा कोठारी (फाइनान्स अफिसर) ,लेख बहादुर क्षेत्री (राखेप प्रतिनिधि) र ठाकुर प्रताप थापा ( क्यानको पछिल्लो निर्वाचित समितिकातर्फबाट) सदस्य स्वतन्त्र टोली थिए ।

आइसिसीका उपाध्यक्ष इमरान ख्वाजाले विज्ञप्तीमार्फत काठमाडौंमा भएको घटनाक्रमबाट खुसी भएको बताएका छन् । जुन आइसिसीको नेतृत्वमा तीन वर्ष देखि गरिएको नेपालमा एकताबद्ध क्रिकेटको परिणाम रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले यो घटनाक्रमलाई इतिहासिक भन्दै नेपाली क्रिकेट समर्थक,खेलाडी,प्रंशसक र नेपाल सरकारलाई बधाई दिएका छन् ।

बिशेष गरि वर्तमान अवस्थामा क्यानको जिल्ला,प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रक्रियाको निरिक्षण गर्ने स्वतन्त्र समिति प्रति विशेष आभारी छु,ख्वाजाले भनेका छन् ,‘ नेपालले पछिल्लो तीन वर्षमा उचाई लिएको छ । ओडीआई मान्यता ,महिलाले विश्वकप छनोट तथा युवा टिमको प्रर्दशन पनि उत्कृष्ट छ ।’

उनले नव निर्वाचित समिति प्रति आशावादी देखिएका छन् । चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । ‘ यो सफलतालाई मैदानमा पनि लागु गर्नुहुनेछ भन्ने विश्वास छ । नेपालको आइसिसी सदस्यता निलम्बन फुकुवाको लागि प्रमुख शर्त पुरा भएको छ,’ विज्ञप्तीमा भनिएको छ,‘ अब हामी क्यान निलम्बन फुकुवाको लागि दुबईमा बस्ने बोर्ड बैठकमा छलफल गर्नेछौं ।’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.