6 years ago
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा टेष्ट टोली जिम्बावेसँग प्रतिस्पर्धा गरि रहेको छ । टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । सन्दीपले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चारीलाई शून्यमा एलबी डब्लू आउटको धराप पार्दै पेभिलिएन फर्काए ।
चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का ओपनर रेजिश चकवालाई ६ रनमा बोल्ड आउट गरे । त्यस्तै सन्दीपले पाँचौ ओभरको अन्तिम बलमा पिटर मुरलाई २१ रनमा बोल्ड आउट गरेसँगै जिम्बावे दबाबमा परेको छ । उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
सन्दीपले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिई सकेका छन् । जिम्बावेले ६ ओभरमा ४३ रन जोड्दा ३ विकेट गुमाएको छ । आजको खेलमा टोलीमा एक परिवर्तन गरिएको छ । सुरुवाती दुई खेलमा खराब प्रर्दशन गरेका इशान पाण्डेको स्थानमा पवन सरार्फले मौका पाएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]