6 years ago
October 1, 2019
काठमाडौं(हाम्रो खेलकुद) – जिम्बावेले प्रस्तुत गरेको १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले सुरुवाती १० ओभरमा ५३ रन जोड्न प्रमुख ४ विकेट गुमाएको छ । नेपालका लागि विकेटकिपर बिनोद भण्डारी १० र कुशल मल्ल क्रिजमा आएका छन् ।
पहिलो ओभरमो अन्तिम बलमा ओपनर पवन सरार्फ शून्यमा क्याच आउट भए । दोस्रो ओभरको चौथो बलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी तेन्दाइ चतराको बलमा खराब शट खेल्दै ४ रनमा पेभिलिएन फर्के ।
कप्तान पारस खड्कालाई सन विलियम्सले १२ रनमा क्याच आउट गराएपछि नेपाल दबाबमा परेको हो । पारसले १५ बलमा २ चौका प्रहार गरे ।
आरिफ शेख दशौं ओभरको तेस्रो बलमा ठूलो सटको धुनमा बाउन्डी लाइन नजिकै तिनोटन्डा मुतोम्बोडजीबाट २५ रनमा क्याच आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
यस अघि टस हारेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]