6 years ago
October 1, 2019
काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । नेपालका लागि विकेटकिपर विनोद भण्डारीले ३५ बलमा ४ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए ।
त्यस्तै करण केसीले १० बलमा समान १ चौका र छक्का सहित १८ रनमा क्याच आउट भए । पहिलो ओभरमो अन्तिम बलमा ओपनर पवन सरार्फ शून्यमा क्याच आउट भए । दोस्रो ओभरको चौथो बलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी तेन्दाइ चतराको बलमा खराब शट खेल्दै ४ रनमा पेभिलिएन फर्केका थिए । कप्तान पारस खड्कालाई सन विलियम्सले १२ रनमा क्याच आउट गराएपछि नेपाल संकटमा परेको थियो । पारसले १५ बलमा २ चौका प्रहार गरे ।
आरिफ शेख दशौं ओभरको तेस्रो बलमा ठूलो सटको धुनमा बाउन्डी लाइन नजिकै तिनोटन्डा मुतोम्बोडजीबाट २५ रनमा क्याच आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । जिम्बावेको जितमा कप्तान सन विलियम्सले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तिनोटन्डा मुतोम्बोडजी २,तेन्दाइ चतरा,ड्यानियल जकेल,विलियम मैशिंग रयान बर्लको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको जिम्बावेले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो। सन्दीप लामिछानेले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चरीलाई शून्यमा एलवी डब्लू आउट गरे । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का ओपनर रेजिश चकवालाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले पाँचौ ओभरको अन्तिम बलमा आक्रमक ब्याटिङ गरेका पिटर मुरलाई २१ रनमा बोल्ड आउट गर्दै दबाबमा राखे ।
चौथो विकेटका कप्तान विलियम्स र तिनोटेन्डा मुतोम्बोडजीले ६० रनको साझेदारी गरे । यी दुई बीचको साझेदारी सोमपालले १३ ओभरको अन्तिम बलमा तिनोटेन्डालाई २० रनमा एलबी डब्लू आउट गर्दै तोडेका थिए । उत्कृष्ट प्रर्दशन गरि रहेका विलियम्सलाई पारसले १४ औं ओभरको अन्तिम बलमा ५३ रनमा बोल्ड आउट गरे ।
उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । तल्लोक्रममा रयान बर्ल २८ रनमा अविजित रहे । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सोमपालले ४ ओभरमा १५ रन खर्चेर २, पारस र अभिनाश बोहोराको नाममा समान १ विकेट रह्यो ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले त्रिकोणात्मक सिरिजमा अन्तिम खेल भोली सिंगापुरसाग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]