default_image

5 years ago

October 3, 2019

महिला क्रिकेट टोलीलाई सहास स्पोर्टसको जर्सी सेट

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोट्र्सले जर्सी र ट्राउजर प्रदान गरेको छ ।

सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान पुगेर कप्तान रुविना क्षेत्री र उप कप्तान सीता राना मगरमार्फत टोलीलाई जर्सी हस्तान्तरण गरेका थिए । सहासले टोलीलाई दुई सेट जर्सी उपलब्ध गराएको छ ।

दुई वर्षअघि स्थापना भएको सहास स्पोर्टसले विगतमा नेत्रहिन क्रिकेट टोली र भलिबल स्टार प्रतिभा मालीलाई प्रायोजन गरेको थियो ।

खेलाडीको हौसला बढाउनका लागि कम्पनीको तर्फबाट सानो सहयोग गरेको उल्लेख गर्दै सहासका प्रबन्ध निर्देशक न्यौपानेले भने,‘हामीले स्थापना देखि नै यस्ता खाले सहयोग गर्दै आएका छौं । यो आउने दिनमा पनि जारी रहन्छ ।’ १३ औं साग मंसिर १५ देखि २५ गते सम्म काठमाडौं र पोखरामा हुने तय छ ।

 

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.