default_image

6 years ago

October 10, 2019

टि ट्वान्टी सिरिजमा नेपाल र ओमान खेल्दै

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजको आज अन्तिम दिन । नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यसअघि नेदरल्यान्ड्स र हङकङबीच प्रतिस्र्धा हुनेछ ।

सिरिजमा ओमान र आयरल्यान्डपछि राम्रो प्रदर्शन गर्नेमा नेपाली टोली पर्दछ । ओमानले यसअघि खेलका सबै ३ खेलमा जित हासिल गरेको थियो । आयरल्यान्डले ४ खेलमा ओमानसँगबाहेक सबै टोलीलाई हरायो । आयरल्यान्डसँग पराजित हुनुअघि नेपालले नेदरल्यान्ड्स र हङकङ दुवैलाई हराएको थियो ।

६ अंकसहित ओमान शीर्षस्थानमा छ । ६ अंक नै भएपनि रनरेटमा आयरल्यान्ड दोस्रो र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र हङकङ अंक बिहिन छ । ओमानको एकेडेमी क्रिकेट मैदानमा हुने खेलमा बलियो घरेलु टोलीलाई हराउन सके नेपालका लागि त्यो सिरिजको सुखद अन्त्य हुनेछ ।

टेष्ट मान्यता प्राप्त आयरल्यान्डलाई हराएको ओमानको मनोबल पक्कै उच्च छ । नेपालले पनि आयरल्यान्डलाई टक्कर दिने प्रयास गरेपनि अन्ततः १३ रनले पराजित भएको थियो । सिरिजमा सहभागि टोलीमध्ये नेपालबाहेक सबै टोली टि ट्वान्टी विश्व कप छनोटको तयारीमा रहेका छन् ।

नेपालका लागि भने यो अनुभव बटुल्ने सिरिजका रुपमा रहेको छ । आयरल्यान्डमा भएको टि ट्वान्टी विश्व कप छनोटको अभ्यास खेलपछि नेपाल र ओमान आज खेल्दैछन् । तर, त्यति बेला बर्षाले खेलको नतिजा निस्केन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.