6 years ago
October 10, 2019
काठमाडौं (हाम्रो खेलकद)– आयोजक ओमानले टि ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालविरुद्ध ६५ रनको सामान्य लक्ष्य पछ्याएको छ ।
पाँच राष्ट्र सम्मिलित सिरिजका अघिल्ला तीन खेलमा सन्तोषजनक प्रदर्शन गर्दै २ खेल जितेको नेपाल ओमानविरुद्ध भने निकै कमजोर रह्यो । पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाएर मात्र ६४ रन बनायो ।
टोलीका लागि आरिफ शेख र उप कप्तान दीपेन्द्र सिंह ऐरीले मात्र दोहोरो अंकमा रन जोड्न सके । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आयरल्यान्ड्सँग १३ रनले पराजित हुनु अघि नेपालले सिरिजका सुरुवाती २ खेलमा हङकङ र नेदरल्यान्ड्सलाई हराएको थियो । ओमानले भने यसअघिका सबै ३ खेल जितेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]