default_image

6 years ago

October 10, 2019

नेपाल ओमानसँग ६ विकेटले पराजित

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकद)– नेपाल टि ट्वान्टी सिरिजको अन्तिम खेलमा बिहीबार आयोजक ओमानसँग ६ विकेटले पराजित भएको छ । ६५ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।

सुरज कुमारले सर्वाधिक ४२ रन बनाउँदा ओमानका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि करण केसीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिएका थिए ।

पाँच राष्ट्र सम्मिलित सिरिजका अघिल्ला तीन खेलमा सन्तोषजनक प्रदर्शन गर्दै २ खेल जितेको नेपाल ओमानविरुद्ध भने निकै कमजोर रह्यो । पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाएर मात्र ६४ रन बनायो ।

टोलीका लागि आरिफ शेख र उप कप्तान दीपेन्द्र सिंह ऐरीले मात्र दोहोरो अंकमा रन जोड्न सके । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आयरल्यान्ड्सँग १३ रनले पराजित हुनु अघि नेपालले सिरिजका सुरुवाती २ खेलमा हङकङ र नेदरल्यान्ड्सलाई हराएको थियो । ओमानले भने यसअघिका सबै ३ खेल जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.