6 years ago
October 10, 2019
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा बलियो पकड बनाएको छ । भारतको पुनेमा सुरु भएको टेष्टको पहिलो दिन बिहीबारको खेल सकिदा भारतले ३ विकेटको क्षतिमा २ सय ७३ रन जोडेको छ ।
ओपनर मंयक अग्रवालले लगातार दोस्रो टेस्टमा शतक पुरा गरेका छन् । पहिलो टेस्टमा दोहोरो शतक बनाएका उनले दोस्रो टेस्टमा १ सय ८ रन जोडे । उनले १ सय ९५ बल खल्दै १६ चौका र २ छक्का प्रहार गरे ।
कप्तान विराट कोहली र अजिंके रहाणे अविजित हुँदा पहिलो दिनको खेल समाप्त भएको छ । कोहली र चेतेश्वर पुजाराले अर्धशतक पुरा गरेका छन् । पुजारा ५८ रन बनाएर आउट भए । सिरिजमा पुजाराको यो दोस्रो अर्धशतक हो ।
अर्का ओपनर रोहित शर्मा पहिलो दिन चल्न सकेनन् । अघिल्लो टेस्टको दुवै इनिङ्समा शतक बनाएका रोहित १४ रनमा आउट भए । कप्तान कोहली ६३ र रहाणे १८ रनमा अविजित छन् । दक्षिण अफ्रिका लागि सबै ३ विकेट कागिसो राबाडाले लिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]