6 years ago
October 11, 2019
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा २६ औं शतक पुरा गरेका छन् । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन शुक्रबार कोहलीले २६ औं शतक पुरा गरेका हुन् ।
३ विकेटको क्षतिमा २ सय ७३ रनबाट भारतले दोस्रो दिनको खेल अघि बढाएको थियो । कोहलीले ६३ रन बाट दोस्रो दिनको खेल अघि बढाएका थिए । उनलाई अजिंके रहाणेले अर्धशतक बनाउँदै साथ दिइरहेका छन् ।
कोहली १ सय ४ र रहाणे ५८ रनमा अविजित रहँदा भारतले दोस्रो दिन खाना समय अघि ३ विकेटको क्षतिमा ३ सय ५६ रन रन बनाएको छ । कोहली र रहाणेबीचमा १ सय ५८ रनको साझेदारी भइसकेको छ । पहिलो दिन ओपनर मंयक अग्रवालले शतक र चेतेश्वर पुजाराले अर्धशतक पुरा गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]