6 years ago
October 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– युवा क्रिकेट स्टार सन्दीप लामिछाने पहिलो पटक आइसिसी टि ट्वान्टी क्रिकेटको वरियतामा समावेश भएका छन् । बलिङमा सन्दीप ६४ औं स्थानमा छन् । बलिङमा अफगानिस्तानका रसिद खान शीर्षस्थानमा छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दुई दिन अघि जारी गरेको पछिल्लो वरियतामा सन्दीपसँगै करण केसी र अभिनाष बोहोरा समेटिएका छन् । करण ८३ औं र अभिनाष सयौं स्थानमा छन् । बलिङ वरियतामा अब ५ नेपाली खेलाडी समेटिएका छन् ।
बलिङतर्फ बसन्त रेग्मी र सोपाल कामी यसअघि नै वरियतामा समावेश थिए । बलिङमा सोमपाल ६८ औं र बसन्त ९० औं स्थानमा छन् । कप्तान पारस खड्का भने टि ट्वान्टी अलराउन्ड र ब्याटिङको वरियतामा छन् । सोमपाल र करण पनि अलराउन्डर वरियतामा छन् ।
पारस टि ट्वान्टी अलराउन्डरको २४ औं वरियतामा छन् । अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्षस्थामा रहेको अलराउन्डरमा सोमपाल ६१ औं र करण ७८ औं स्थानमा छन् । टि ट्वान्टी ब्याटिङमा नेपाली टोलीका पारस मात्र वरियतामा छन् । पारस ४५ औं स्थानमा छन् । पाकिस्तानका बाबर आजम ब्याटिङको शीर्षस्थानमा छन् भने भारतीय कप्तान विराट कोहली १० औं स्थानमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]