default_image

6 years ago

October 11, 2019

दोस्रो टेष्टमा पनि भारतको पकड

137 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा पनि घरेलु टोली भारतले बलियो पकड बनाएको छ । कप्तान विराट कोहलीको दोहारो शतकका साथ ५ विकेटको क्षतिमा ६ सय १ रन बनाउँदै भारतले पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

जवाफमा दोस्रो दिन शुक्रबार ब्याटिङ सुरु गरेको भ्रमणकारी टोलीको सुरुवात कमजोर भएको छ । दिनको खेल सकिदा दक्षिण अफ्रिकाले ३ विकेटको क्षेतिमा ३६ रन जोडेको छ । टोली भारत भन्दा ५ सय ६५ रनले पछाडि छ ।थिउनिस डी ब्रुइने २० र इन्रिच नोर्टेजे २ रनमा अविजित छन् । डेन इल्गार ६, टेम्बा बाभुमा ८ रनमा आउट भए भने एडिन मार्करामले खाता खोल्न सकेनन् ।

त्यसअघि कप्तान कोहलीले टेष्ट क्रिकेटमा उच्च स्कोर बनाएपछि भारतले इनिङ्स समाप्तीको घोषणा गरेको थियो । कोहलीले अविजित २ सय ५४ रन जोडे । ३ विकेटको क्षेतिमा २ सय ७३ रनबाट भारतले दोस्रो दिनको खेल अघि बढाएको थियो । केशव महराजको बलमा चौका प्रहार गर्दै कोहलीले २ सय ५० रन पुरा गरेका थिए ।

टेष्ट क्रिकेटमा कोहलीको अहिले सम्मकै उच्च स्कोर हो । टेष्ट क्रिकेटमा यो उनको सातौं दोहोरो शतक हो । टेष्ट क्रिकेटमा कोहलीको त्यो २६ औं शतक हो । यहि टेष्टबाट कोहलीले ७ हजार रन पुरा गरेका छन् । कोहली र शतक बनाउन ९ रनले चुकेका रविन्द्र जडेजाले छैटौं विकेटका लागि २ सय २५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसअघि अजिन्के रहाणे र कोहलीले पाँचौं विकेटका लागि १ सय ७८ रनको साझेदारी गरे । पहिलो दिन ओपन मंयक अग्रवालले शतक र चेतेश्वर पुजाराले अर्धशतक बनाएका थिए । तीन टेष्टको सिरिजको पहिलो खेलमा भारत २ सय ३ रनले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.