6 years ago
October 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– हालै दुई वटा सिरिज खेलेर फर्केको नेपाली क्रिकेट टोलीको टि ट्वान्टी वरियता २ स्थान खस्केको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दुई दिन अघि सार्वजनिक गरेको वरियतामा नेपाल १३ औं स्थानमा पुगेको छ । यसअघि नेपाल ११ औं स्थानमा थियो ।
नेपाली टोली ५ देश सम्मिलित टि ट्वान्टी सिरिज खेलेर शुक्रबार स्वदेश आइपुगेको थियो । जहाँ ४ मध्ये २ खेलमा जित निकालेको नेपाली टोलीले २ खेलमा हार बेहोरेको थियो । हङकङ र नेदरल्यान्ड्सलाई हराएको नेपाल आयरल्यान्ड र ओमानसँग पराजित भएको थियो । सिरिजमा ओमान पहिलो, आयरल्यान्ड दोस्रा र नेपाल तेस्रो स्थानमा रह्यो ।
त्यसअघि सिंगापुरमा त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपाल दोस्रो भएको । जहाँ जिम्बावे पहिलो र नेपाल दोस्रो भएको थियो । जिम्बावेसँगको नेपालले दुवै खेल गुमाएको थियो । नेपालले सिंगापुरलाई एक खेलमा हराएको थियो । अर्को खेल भने वर्षाका कारण रद्द भएको थियो ।
टि ट्वान्टीका पछिल्ला २१ खेलमा नेपालले १ सय ९० रेटिङका साथ ३ हजार ९ सय ९२ अंक प्राप्त गरेको छ । ८५ राष्ट्र समावेश वरियताको शीर्षस्थानमा पाकिस्तान, दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौंमा अष्ट्रेलिया रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]