6 years ago
October 12, 2019
एजेन्सी – तल्लो क्रमका ब्याट्म्यानले उच्च प्रदर्शन गरेपनि पनि दोस्रो टेस्टमा दक्षिण अफ्रिका भारतभन्दा निकै पछि परेको छ । टेष्टको तेस्रो दिनको समाप्तीमा शनिबार दक्षिण अफ्रिका पहिलो इनिङ्समा २ सय ७५ रनमा अलआउट भएको छ ।
दक्षिण अफ्रिका अझै ३ सय २६ रनले पछाडि छ । भारतले पहिलो इनिङमा कप्तान विराट कोहलीको दोहोरो शतक र मंयक अग्रवालको शतकको मद्दतमा ५ विकेट गुमाएर ६ सय १ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
दक्षिण अफ्रिकाले ३ विकेटको क्षेतिमा ३६ रनबाट तेस्रो दिनको खेल अघि बढाएको थियो । माथिल्लो क्रम खासै चल्न नसकेपछि आठौं विकेटका लागि केशव महाराज र भर्नोन फिलेन्डरले १ सय ९ रनको साझेदारी गर्दै टोलाई उकासेका थिए ।
टोलीले १ सय ६२ रन जोड्दा ८ विकेट गुमाएको थियो । नवौं नम्बरका महाराजले १ सय ३२ बलमा ७२ रन जोडे । फिलेन्डरले अविजित ४४ रन बताए । कप्तान फा डु प्लिसिसले ६४ र दुनियस डी ब्रुयनेले ३० र क्विन्टन डी ककले ३१ रन बनाउँनु बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
घरेलु टोलीका लागि रविचन्द्रन आश्निले ४, उमेश यादवले २, मोहम्मद सामीले २ तथा रविन्द्र जाडेजाले १ विकेट लिए । तीन टेष्टको सिरिजकाृे पहिलो खेलमा भारत २ सय ३ रनले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]