default_image

6 years ago

October 13, 2019

आइसिसीले क्यानमाथि निलम्बन फुकाउला ?

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन भएको झन्डै साढे तीन वर्ष बितिसकेको छ । निलम्बन पछि अनेक प्रयास पछि अन्ततः असोज १० र ११ गते काठमाडौं आइसिसीकै प्रत्यक्ष निगरानीमा निर्वाचन पनि सम्पन्न भइसकेको छ ।

सो निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको थियो । आइसिसीले निर्वाचनलाई निलम्बन फुकुवाको पहिलो शर्त पुरा भइसकेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराइसकेको छ । अब नेपाली क्रिकेटकर्मी र समर्थक आज हुने आइसिसीको बोर्ड बैठकको निर्णयको पर्खाइमा छन् । आज हुने भनिएको बोर्ड बैठकले निलम्बन फुकुवा गर्ला त ? भन्ने सबैको चासो रहेको छ ।

आइसिसीको बैठक बस्ने भनिएपनि समयका बारेमा जानकारी नभएको क्यानका नव निर्वाचित सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । सचिव प्याकुरेल बोर्ड बैठकले केहि सम्बोधन गर्ने सम्भावना भएपनि निलम्बन फुकुवाको लागि समय लाग्न सक्ने अनुमान गरे ।

‘आइसिसीका पदाधिकारीसँग अनौपचारिक कुराकानी भइरहेको छ । निलम्बन फुकुवाका लागि निर्वाचन लगायतका अन्य शर्त पनि थिए,’ उनले भने, ‘पहिलो र ठूलो शर्त निर्वाचनको प्रक्रिया सकिएको छ । अब विस्तारै काम गर्दै अघि बढ्ने र अन्य काम पनि सन्तोषजक भएपछि आइसिसीले निलम्बन फकुवा पक्कै गर्छ भन्ने हाम्रो विश्वास हो । तर आजैको बैठकले निलम्बन फुकुवा नगर्न सक्छ ।

निर्वाचनसहित पारदर्शिता र चुस्त व्यवस्थानलाई पनि आइसिसीले शर्तका रुपमा राख्दै आएको छ । २०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो ।

पुषमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यान पूर्नगडन गरेपछि विवादले नयाँ रुप लिएको थियो । निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.