6 years ago
October 14, 2019
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा क्रिकेट क्लब, मेलबर्नको आयोजनामा आइतबारदेखि सुरु भएको रिचा स्मृति क्रिकेट प्रतियोगितामा आयोजकको दुवै टोलीले जित दर्ता गरेको छ ।

दिनको पहिलो खेलमा सगरमाथा ब्रिलियन्टले द हिमालयन क्लबलाई ४ विकेटले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा अलआउट हुनुअघि १ सय १६ रन जोडेको थियो । जवाफमा ब्रिलियन्टले ६ विकेट गुमाउँदै १९ औं ओभरमा लक्ष्य पूरा गर्यो । खेलका म्यान अफ द म्याच बनेका ब्रिलियन्टका भुषण श्रेष्ठले ३ विकेट लिनुका साथै नटआउट ३० रन जोडे ।
सगरमाथाको अर्को टोली सगरमाथा ‘ए’ ले गोर्खाली क्रिकेट क्लबलाई ८१ रनले हरायो । पहिलो ब्याटिङ गर्ने क्रममा सगरमाथा ‘ए’ ले म्यान अफ द म्याच बनेला दिपेन रायमाझीको ७५ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन जोड्यो । जवाफमा गोर्खालीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रनमात्र बनाउन सक्यो ।
रोयल राइनोज क्रिकेट क्लब ‘ए’ ले एक्स्पर्ट क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । रोयलका लागि ३ विकेट लिएका युत्सब पोखरेल खेलका म्यान अफ द म्याच भए । त्यस्तै अर्को खेलमा नार्रेले रोयल राइनोज क्रिकेट क्लब ‘बी’ लाई पराजित गरेको थियो । खेलमा ४३ रन जोडेका किरण कडेल म्यान अफ द म्याच भए ।
दोस्रो चरणको खेल अर्को आइतबार हुनेछ । समुह चरणका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १७ नोभेम्बरमा हुनेछ । प्रतियोगिता क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचा श्रेष्ठको स्मृतिमा आयोजना गरिएको हो । उनको केहि महिनाअघि निधन भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]