6 years ago
October 13, 2019
एजेन्सी– भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन टेष्टको सिरिज जितेको छ । एक इनिङ्स र १ सय ३७ रनले दोस्रो टेष्ट जितेसँगै भारतले सिरिज आफ्नो पक्षमा पारेको थियो । पहिलो टेष्ट भारतले २ सय ३ रनले जिते भारतले अन्तिम टेष्ट अघि नै सिरिज आफ्नो नाममा लेखाएको छ ।
पहिलो इनिङ्स २ सय ७५ रनमा आउट हुँदै फलो अनमा परेको दक्षिण अफ्रिकालाई भारतले दोस्रो इनिङ्स खेल्न बोलाएको थियो । जहाँ दक्षिण अफ्रिका चौथो दिनको चिया समयपछि १ सय ८९ रन जोड्दा अलआउट भएको थियो । भारतले ५ विकेटको क्षतिमा ६ सय १ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
डिएन इल्गारले टोलीका लागि सर्वाधिक ४८ रन जोडे । टेम्बा बाभुमाले ३८, भेर्नोन फिलेन्डरले ३७ र केशव महाराजले २२ रन बनाउन बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भरतका लागि उमेश यादव र रविन्द्र जडेजाले समान ३, रविचन्द्रन आश्विनले २ तथा इशान्त शर्मा र मोहम्मद सामीले समान १ विकेट लिएका थिए । दोहोरो शतक बनाएका भारतीय टोलीका कप्तान विराट कोहली प्लेयर अफ दी म्याच घोषित भए । तेस्रो तथा अन्तिम टेष्ट राचीमा अक्टुबर १९ मा सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]