default_image

6 years ago

October 14, 2019

डब्लूसिएलः युवालाई अवसर, अनुभवीलाई चुनौती!

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेट निजी क्षेत्रले धानेको छ भन्दा खासै फरक नपर्ला । नेपाली क्रिकेट संघ (क्यान) २०७३ वैशाख देखी आईसीसीको निलम्बनमा छ ।

गत असोज दोस्रो हप्ता चतुर बहादुर चन्दको नेतृत्वमा क्यानले अभिभावक पाएको छ । नयाँ नेतृत्वसँगै निलम्बन हट्ने आशा गरिएको छ । आईसीसीले निर्वाचन प्रमुख शर्त पुरा भएको बताएपनि केहि समय अझै यथावत राख्ने संकेत देखाएको छ ।

निलम्बन अघि पनि क्यान खासै सक्रिय थिएन । आईसीसीको निलम्बन फुकुवा नभए सम्म चन्द नेतृत्व सक्रिय हुने कुनै छनक देखिदैन । सरकारी पक्ष्यबाट घरेलु प्रतियोगिता नभएका भने होइन । तर सरकारी प्रतियोगिता खेलाडी उत्पादन र खेलकुदको विकाश गर्ने भन्दा बजेट सक्नेमा बढि केन्द्रित हुँदा त्यसको प्रभाव र लोकप्रियता घटेको हो ।

प्रमुख तीन फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग,पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले पुरुष घरेलु क्रिकेटलाई ब्यवसायिक रुपमा विकाश गर्दै लगेका छन् । विदेशी खेलाडी आबद्ध गर्न पाउने प्राबधान र अक्सनमा लगाउने आर्कषक मुल्यले फ्रेन्चाइज लिगको लोकप्रियता झनपछि झन बढ्दै गएको छ । यी तीन बाहेक उमेर समुहमा एकेडेमी र कलेज स्तरका प्रतियोगिताले पनि घरेलु पुरुष क्रिकेटलाई चलायमान बनाइरहेको छ ।

तर नेपाली महिला क्रिकेटको अवस्थामा ठ्याक्कै उल्टो छ । घरेलु र अन्तर्राष्ट्रिय दुबै चाडपर्व जस्तै वर्षमा एक दुईवोटा प्रतियोगितामै चित्त बुझाउन बाहेक अन्य कुनै विकल्प छैन । उमेर समुहको प्रतियोगिता त झन शून्यनै छ । नेपाली महिला टोलीले गत फागुनमा थाईल्यान्डमा सम्पन्न आईसीसी महिला विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनायता कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।

नेपाली महिला टोली मंसिरमा नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि साउन अन्तिम देखी बन्द प्रशिक्षणमा छ । सुरुवाती ३५ वाट दोस्रो चरणमा २५ खेलाडी छनोट भई सकेका छन् । गत बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र गत असारमा सम्पन्न प्रधानमन्त्री कप महिला टि ट्वान्टी प्रतियोगितामा खेलेका थिए ।

क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा.लीले वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० प्रतियोगिता आयोजना गर्दै छ । जसको तयारी लगभग सकिएको छ । आगमी बुधबार देखी कात्तिक ७ सम्म कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा पाँच टोलीबीच प्रतिस्पर्धा हुने छ । राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स छन् । जसको लागि सबै टोलीले आफ्नो मार्की खेलाडी र डाफ्ट मार्फत खेलाडी अनुबन्ध गरि सकेका छन् ।

युवालाई अवसर र पुरानालाई दबाब

बुधबार देखी सुरु हुने डब्लूसिएल प्रतियोगिता युवा खेलाडीलाई सिनियर टोलीको ढोका सम्म पुग्ने राम्रो बाटो बन्ने अनुमान गरिएको छ । पुरुष टोलीले डीपीएल, ईपीएल र पीपीएलको प्रर्दशनलाई आधार मानेर बन्द प्रशिक्षण बोलाउदै सिनियर टोलीमा मौका दिदै आएको छ । रोहित कुमार पौडेल,कुशल मल्ल,सुसन भारी,आरिफ शेख लगातका खेलाडी त्यसका उदाहरण हुन् ।

डब्लूसिएललाई मंसिरमा हुने १३ औं साग अघि तयारीको रुपमा लिईएको छ । महिला सिनियर टोलीमा नेरी थपा,रुबिना क्षेत्री बेलवासी,सिता राना मगर,सरिता मगर,काजल श्रेष्ठ,आरती बिडारी लगातका पुरानै खेलाडीको बाहुल्यता छ । अधिकांश महिला युवा खेलाडीले सिनियर टोलीको ढोका सम्म पुग्ने राम्रो अवसर पाएका छैनन् । ती युवा खेलाडीको लागि डब्लूसिएल राम्रो अवसर बन्न सक्छ ।

जुन अवसर युवा खेलाडी चुकाउन चाहँदैनन् । यता टोलीमा निरन्तर स्थान बनाउँदै आई रहेका अनुभवी खेलाडीलाई युवा खेलाडीको प्रर्दशनले थप उत्कृष्ट प्रर्दशन गर्न दबाब सिर्जना गर्ने छ । टोलीमा स्थान बनाउन प्रतिस्पर्धा बढ्ने छ । प्रतिस्पर्धालेनै टोलीलाई बलियो बनाउछ । टोलीमा स्थान बनाई राख्न अनुभवी खेलाडीलाई उत्कृष्ट प्रर्दशन गर्नैपर्ने दबाब हुने छ ।

साग अघि अनुभव

डब्लूसिएललाई साग अघि खेलाडीको लागि राम्रो अनुभव बटुल्ने प्रतियोगिताको रुपमा लिएको छ । छनोटकर्तालाई पनि खेलाडीको प्रर्दशन हेरेपछि छनोट गर्न केहि सहज हुने छ । डब्लूसिएलको प्रर्दशनले खेलाडीले सुधार गर्नु पर्ने पक्ष,दबाबमा कसरी रन जोड्ने,कुन अवस्थामा कुन सट खेल्ने लगातका धेरै पक्षमा सुधार गर्न सल्लाह दिने छ।

दर्शकमाझ दबाबमा खेल्ने बानिको विकास

नेपाली घरेलु क्रिकेटमा उमेर पुरुष होस् वा महिला दर्शकले राम्रो साथ दिने गर्दछन् । नेपाली महिला टोलीले हालसम्म घरेलु दर्शकसामु अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । सागमा पहिलो पटक घरेलु दर्शक सामु खेल्न पक्कै सहज हुने छैन । डब्लूसिएलमा दर्शकको दबाबमा खेल्ने बानीको विकास हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.