6 years ago
October 14, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टेष्टको नयाँ वरियता सार्वजनिक गर्दा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली अष्टे«लिया पूर्व कप्तान स्टिभ स्मिथ भन्दा १ रेटिङ अंकले पछि पर्दै दोस्रो स्थानमा रहेका छन् ।
शीर्ष स्थानमा रहेका स्मिथको ९ सय ३७ रेटिङ अंक रहेको छ । दोस्रो स्थानमा रहेका कोहलीको ९ सय ३६ रेटिङ अंक छ । कोहलीले आइतबार सम्पनन दक्षिण अफ्रिकासँगको दोस्रो टेष्टको पहिलो इनिङमा २ सय ५४ रनको अविजित इनिङ खेलेका थिए । जसले उनको स्मिथसँगको रेटिङ दुरी घटाएको हो ।
वरियतामा न्यूजिल्यान्डका कप्तान केन विलियम्सन तेस्रो, भारतीय ब्याट्सम्यान चेतेश्वर पुजारा चौथो, न्यूजिल्यान्ड हेनरी निकोल्स पाँचौ र इंग्ल्यान्डका कप्तान जो रुट छैटौं स्थानमा यथावत छन् ।
न्युजिल्यान्डका विकेटकीपर टम लेथमले एक स्थान सुधार गर्दै सातौ स्थानमा उक्लिएका छन् । श्रीलंकाका दिमुथ करुणारत्ने आठौं, भारतीय अजिंक्या रहाणे नवौर दक्षिण अफ्रिकी क्विन्टन डी कक १० औं स्थानमा छने । टेष्टको अलराउन्डर तर्फ वेस्ट इन्डिजका कप्तान जोसन होल्डर शीर्ष स्थानमा छन् । टेष्ट बलिङतर्फ अष्टे«लियाका प्याट कमिन्स पनि शीर्ष स्थानमा यथावत छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]