6 years ago
October 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा वुधबार सुरु हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ पाउने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै पुरस्कार राषि घोषणा गरेको छ ।
विजेताले ७ लाख प्राप्त गर्दा उप विजेताले ३ लाख पाउने छ । त्यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) ले १ सय २५ सिसिको टिभिएस स्कुटर सहित ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट बलर र ब्याट्सम्यानले २५-२५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले रु ५ हजार पाउने छन् । ५ टोलीको सहभागितामा डब्लुसिएल असोज २९ देखि कात्तिक ७ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने छ । राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्याट क्विन्स काठमाडौं,चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ टोली छन् ।
राष्ट्रिय महिला टोलीकी सदस्य एवंम् पूर्व कप्तान नेरी थापा ललितपुरकी मार्की खेलाडी हुन् । त्यस्तै पोखरामा सिता रानामगर,काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री,चितवनमा इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडी रहेका छन् । उद्घाटन खेल असोज २९ गते क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]