6 years ago
October 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले झन्डै तीन वर्षपछि हटाएको छ । आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो । शर्तका विषयमा भने प्रष्ट खुलाएको छैन । आइसिसीले जिम्बावेको निलम्बन पनि फुकुवा गरेको छ ।
आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भएपनि निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार बनेको थियो । सो निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
दुई दिनको बैठकपछि जारी विज्ञप्तीमा निर्वाचन पनि निलम्बन फुकुवाका लागि बाटो खुलेको उल्लेख छ । सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभन्न विषय देखाउँदै आइससिीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो ।
२०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो । पुषमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले क्यान पूर्नगडन गरेपछि विवादले नयाँ रुप लिएको थियो । निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि पटक पटकको पहल आइसिसीले सल्लाहकार समितिमार्फ क्यानको विधान तयार पारेको थियो । उक्त विधानलाई पास गर्न क्यानको विशेष साधारण सभा दुई पटक सम्म बसेको थियो । नयाँ विधान अनुसार ५ सदस्यीय स्वतन्त्र समिति बनाउँदै आइसिसीले क्यान निर्वाचनको वातावरण तयार पारेको थियो । जिल्ला, प्रदेश हुँदै असोज ११ गते क्यानको केन्द्रको निर्वाचन पछि निलम्बन फुकुवाको सम्भावना बढेको थियो । त्यहि अनुसरुप बोर्डले निलम्बन फुकुवा गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]