default_image

6 years ago

October 15, 2019

विश्वकप सुपर ओभर विवाद : आइसिसीले परिवर्तन गर्यो नियम

121 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकप फाइनलमा सुपर ओभर बाउन्ड्री काउन्ट विवादको तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले नियम परिवर्तन गरेको छ । गत असारमा विश्वकप फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको फाइनल खेल टाई भएको थियो ।

सुपर ओभर पनि टाइ भएपछि इंग्ल्यान्डले बाउन्ड्री काउन्ट अर्थात चौका छक्का बढि प्रहार गरेको आधारमा विश्वकप जितेको थियो । जसको विश्वभर आलोचना भएको थियो । धेरै क्रिकेट विश्लेषकले संयुक्त रुपमा विजेता घोषणा गर्नु पर्ने धारणा राखेका थिए ।

आइसिसीले बाउन्ड्री काउन्टको नियम परिवर्तन गरेको सोमबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छ । आइसिसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलको सुपर ओभर टाई भए पुनः अर्को सुपर ओभर हुने छ ।

अब बाउन्ड्रीको प्रहारको आधारमा कुनै पनि टोली च्याम्पियन वा फाइनलमा पुग्न छैन । सुपर ओभर टाई भए एक टोलीले बढि रन नबनाए सम्म सुपर ओभर चलि रहने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.