6 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफि सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरि ट्रफि सार्वजनिक गरेको हो ।
ट्रफि सार्वजनिक कार्यक्रममा पाँच टोलीमा पाँच मार्की खेलाडी नेरी थापा,सिता राना मगर,सरिता मगर,इन्दु बर्मा र रुबिना क्षेत्री सहभागि थिए । डब्लूसिएल बुधबार देखी कात्तिक ७ सम्म टियु मैदानमा चल्ने छ ।
जसमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस रहेका छन् । राष्ट्रिय महिला टोलीकी सदस्य एवंम् पूर्व कप्तान नेरी थापा ललितपुरकी मार्की खेलाडी हुन् ।
पोखरामा सिता रानामगर, काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री, चितवनमा इन्दु बर्मा र विराटनगरको सरिता मगर मार्की खेलाडी हुन् ।
उद्घाटन खेलमा बुधबार क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने छ । राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्ने छन् । जसबाट शीर्ष स्थानमा रहने टोली स्वतः फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशको लागि क्वालिफयार खेल्नुपर्ने हुन्छ । पुछारका दुई टोली समुह चरणबाटै बाहिरिने छन् ।
विजेता टोलीले ७ लाख प्राप्त गर्दा उप विजेताले ३ लाख रुपैयाँमा चित्त बुझाउने छ । त्यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) ले १ सय २५ सिसिको टिभिएस स्कुटर सहित ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट बलर र ब्याट्सवुमेनले समान २५-२५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रत्येक खेलमा ओमन अफ द म्याच खेलाडीले ५ हजार रुपैया प्राप्त गर्नेछन् । ५ टोलीको सहभागितामा डब्लुसिएल असोज २९ देखि कात्तिक ७ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने छ ।
उद्घाटन खेलमा बुधबार क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच खेल हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]