default_image

6 years ago

October 15, 2019

‘कप्तानी छोडेको हुँ, क्रिकेट होइन’ – कप्तान पारस

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले कप्तान पदबाट राजिनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पारसले कप्तानी छोडेको सार्वजनिक गरेका हुन् ।

सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका पारसले २००९ मा कप्तानको जिम्मेवारी पाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०१६ मा लगाएको प्रतिबन्ध सोमवार मात्र ससर्तरुपमा फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवाको २४ घण्टा बित्न नपाउँदै पारसले संघले नयाँ विन्दुबाट सुरुवात गर्नबाटो खोलेको इंगित गर्दै कप्तानी पद छाडेका हुन् । यद्यपि उनको राजीनामासँगै संघ र खेलाडीबीच सम्बन्धमा चिसोपना आएको हो की भन्ने प्रश्न उठेको छ ।

राजीनामा दिएपछि पत्रकार सम्मेलनमा बोल्दै आफूले जिम्मेवारी राम्रो ढंगले पूरा गरेको विश्वास व्यक्त गरे । ‘नेपाल क्रिकेट माथि बढ्ने हो भने व्यक्तिगत स्तरबाट उठेर अगाडी आउन आवश्यक छ । नयाँ चुनौती छ । आशा गरौं सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । कप्तान को बन्छ मेरो निर्णय हुँदैन । मलाई बनाउँदा पनि तपाई कप्तान बन्दै हुनुहुन्छ तयार हुनु भनेर भनिएको पनि थिएन । मलाई क्रिकेट संघले २००९ मा कप्तानको जिम्मेवारी दियो र मैले इमान्दरीका साथ पूरा गर्न प्रयास गरें,’ पारसले पत्रकार सम्मेलनमा भने ।

पारसले आफ्नो उत्तराधिकारी छनोटले आफ्नो खेलमा असर नपर्ने बताए । ‘अब कप्तान को बन्छ भन्नेमा क्यानका पदाधिकारी र प्रशिक्षकबीच छलफल हुने नै छ । कप्तान जो बनेपनि नेपालको जित हुनुपर्छ । म कप्तान भएर मात्र नेपाली क्रिकेट यो स्थानमा आएको पनि होइन । म नहुँदैमा खत्तम हुन्छ भन्ने पनि हुदैन,’ पारसले भने ।

पारसले नेपाली क्रिकेट यस स्थानसम्म आइपुग्नुमा खेलाडी र प्रशिक्षकको मुख्य हात रहेको प्रष्ट पारे । ‘खेलाडी र प्रशिक्षकको सहयोगले लामो यात्रा तय गरेका हौँ । रोय डासदेखि पुबुदु दासानायाके, जगत टमाटा हुँदै उमेश पटवाल सम्म सबै यसका सारथी रहे । उहाँहरुकै मार्गदर्शनले हामीले सफल यात्रा तय गर्न सक्यौं,’ उनले थपे ।

उनले अबको दिनमा खेलाडीका रुपमा नै राष्ट्रिय टोलीबाट निरन्तर खेल्ने इच्छा व्यक्त गरे । ‘क्रिकेटलाई माथि पुर्याउन खेलाडीको मिहिनेतले मात्र पुग्दैन, नयाँ नेतृत्व आएको छ । उहाँहरुलाई कप्तान छान्ने जिम्मेवारी छ । क्रिकेट छोडीहाल्ने होइन नेपालबाट अझैं पनि खेल्ने इच्छा छ । त्यसको लागि थप मिहिनेत गर्नेछु । यहाँसम्म साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ पारसले भने ।

नयाँ नेतृत्वसँग बेखुस भएर पद छाडेको भन्ने विषयमा कप्तान पारसले कुनै किसिमको वार्तालाप नभएको बताए । ‘क्यानको नयाँ नेतृत्वसँग मेरो कुरा भएको छैन । प्रतिबन्ध भएदेखि कसैसँग पनि कुरा भएको छैन । पुबुदु सर हुँदादेखि हामीले धेरै कुरा सामना गरिसकेका छौं र त्यो अब त्यस अवस्थालाई नसम्झौं,’ उनले थपे, ‘पारस खड्का नेपाली क्रिकेट होइन । मेरो सपना पनि थिएन नेपालको लागि खेल्ने । मैले मौका पाएँ । म भाग्यमानी थिएँ त्यसैले सहि ठाउँमा प्रर्दशन गरें र यो स्थानमा छु । अहिले नेपाली क्रिकेटसँग सबै स्रोत छ । त्यसलाई प्रयोग गर्न पदाधिकारीले सक्नुपर्यो । अहिलेको अवस्थाबाट हामीले लामो यात्रा तय गर्न सक्छौं ।’

पारसले पदबाट राजीनामा दिन सहि समय लागेकोले नै निर्णय लिएको बताए । ‘मैले सोचें यो सहि समय हो । नयाँ सोच र संरचनाका साथ हामी अघि बढ्दै छौं । आगमी फेब्रुअरीमा ओमान र अमरिकासँग घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछौं । पारस खड्का कप्तान भएर, सन्दीप लामिछानेले बलिङ गरेर र ज्ञानेन्द्र मल्लले रन हानेर नेपालले जित्छ भन्ने पक्का छैन,’ उनले भने ।

उनले नयाँ नेतृत्वले आग्रह गरेपनि कप्तान पदमा नफर्कने प्रष्ट पारे । ‘क्यानले आग्रह गरेपनि पुन: कप्तान बन्न सक्दिन । यदि म खेलें भने खेलाडीको रुपमा खेल्ने छु । आफ्नो तर्फबाट सल्लाह सुझाव दिन सक्छु । मैले देशलाई खेल जिताउन सक्छु । अबको मेरो जिम्मेवारी भनेको खेलाडीका रुपमा हो । संघ बलियो नभईकन खेलाडीले जोडजाड गरेर यहाँसम्म आईपुग्यौं । जोडजाड गरेको घरलाई बलियो बनाउने हो भने सबैको सहयोग चाहिन्छ ।
इमान्दार भएर मैले प्रयास गरेको हुँ । क्रिकेटले नै मलाई सबै दिएको छ । जुन मैले सपनामा पनि सोचेको थिइनँ, ‘ पारसले भने ।

ओडीआई स्टाटस र टि ट्वान्टी विश्वकप आफ्नो कप्तानीमा ठूलो सफलता भएको बताउने पारस खराब नतिजा भने प्रत्यक खेलको हार रहेको बताउँछन् । ‘एक महिना अघि टि ट्वान्टी एसिया छनोटको प्रर्दशन होस् वा ओमानसँग टि ट्वान्टी सिरिजमा, हरेक खेल हार्दा मेरो खराब दिन थिए । सबैभन्दा बढि खुसी विश्वकप खेल्दा रहेको थियो भने ओडीआई मान्यता पाउनु सफल क्षण थियो । मभित्र सधैं क्रिकेट रहीरहने छ,’ उनले भने । नेपाललाई एकदिवसीय विश्वकपसम्म पुर्याउन नसकेको बताउने पारसले आफ्नो उत्तराधिकारीका रुपमा भने ज्ञानेन्द्र मल्ल उचित रहेको व्यक्तिगत धारणा प्रस्तुत गरे ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.